७६औं बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभल (बर्लिनाले) मा फिल्म एल्लो लेटरले सर्वोच्च गोल्डेन बियर अवार्ड जितेको छ। जर्मनीमा छायांकन गरिएको टर्किस भाषाको यो फिल्ममा इल्कर चताकको निर्देशन रहेको छ। फिल्मले एक विवाहित अभिनेता र नाटककार दम्पतीको कथा प्रस्तुत गरेको छ।
श्रीमान्ले सामाजिक सञ्जालमा टर्की राज्यको आलोचना गरेपछि उनी राज्यको निशानामा पर्छन् र त्यसपछि उनीहरूको सहज र सुरक्षित जीवन पूर्णरूपमा बदलिन्छ। पुरस्कार ग्रहण गर्दै टर्किस–जर्मन निर्देशक इल्करले भने ‘वास्तविक खतरा हामीबीच छैन, त्यो बाहिर छ। ती तानाशाहहरू दक्षिणपन्थी शक्तिहरू हुन्, हाम्रो समयका निहिलिस्टहरू हुन्, जसले सत्तामा आएर हाम्रो जीवनशैली नष्ट गर्न खोजिरहेका छन्। यस वर्ष सो शीर्ष पुरस्कारका लागि २२ फिल्म प्रतिस्पर्धामा थिए।

समारोहमा जर्मन अभिनेत्री सान्द्रा हुलरले फिल्म रोजबाट उत्कृष्ट अभिनेतृको पुरस्कार जितिन्। दुई वर्षअघि एन्टमी अफ ब फलका लागि ओस्कर एकेडेमी अवार्ड मनोनयन पाएकी उनले को ऐतिहासिक १७ औं शताब्दीको पुरुषको रूपमा जीवन बिताइरहेकी महिलाको असाधारण अभिनय गरेकी थिइन्। लैंगिक रूपमा तटस्थ देखिने उनको अभिनयले उत्कृष्ट मुख्य अभिनय पुरस्कार पायो। यो हुलरको बर्लिनालेमा दोस्रो जित हो। ठीक २० वर्षअघि उनले आफ्नो डेब्यु फिल्म रेक्युयका लागि उत्कृष्ट अभिनेत्री अवार्ड जितेकी थिइन्।
ग्रान्ट जीले एभ्रीबडी डिग्स बिल इभान्सबाट उत्कृष्ट निर्देशकको अवार्ड चुम्दा निर्देशक एमिन आल्परले साल्भेसनबाट सिल्भर बियर ग्रान्ड जुरी अवार्ड, लान्स ह्यामरले क्विन एट सीबाट सिल्भर बियर जुरी र सोही फिल्मबाट एना काल्डर–मार्शल तथा टम कोर्टनेले सह अभिनयको अवार्ड चुमे।
समारोहमा क्रोनिकल्स फ्रम द सिजदले फिचर फिल्मको अवार्ड चुम्दा फरेस्ट हाईले स्पेशल मेन्सन लघु फिल्मतर्फ समडे अ चाइल्डले गोल्डेन बेयर, अ वुमन्स प्लेस इज एभ्रीवेयरले सिल्भर बेयर, क्लेपटोमेनियाले सट्र्स फिल्ममेकर, प्रोसेक्युसनले दर्शक फिल्म अवार्ड, फोर माइनस थ्रीले फस्ट रनर्सअप, माउस केली ओले सेकेन्ड रनर्सअपको अवार्ड चुम्यो। यस वर्ष बार्लिनेमा अमेरिकी स्टुडियो फिल्महरूकोे उपस्थिति न्यून रह्यो। यस वर्ष एट द सीको प्रिमियरमा मुख्य अभिनेत्री एमी एडम्स अनुपस्थित रहिन् भने फिल्मले कमजोर समीक्षा पायो।

बर्लिनालेले फेरि एकपटक आफूलाई भेनिस र क्यान्सजस्ता अन्य प्रतिष्ठित महोत्सवभन्दा बढी राजनीतिक महोत्सवका रूपमा प्रस्तुत ग¥यो। विशेषगरी गाजामा जारी युद्ध र यससम्बन्धी बहसले यसलाई गहिरो प्रभाव पार्दै समारोह तीव्र राजनीतिक विवादमा तानियो। गाजामा जारी युद्धबारे जुरीको मौनतालाई बचाउ गर्दै महोत्सवले सार्वजनिक गरेको वक्तव्यपछि ८० भन्दा बढी अन्तर्राष्ट्रिय फिल्मकर्मी तथा कलाकारले खुला पत्र जारी गरेका थिए। हस्ताक्षरकर्तामा टिल्डा स्विन्टन, मिगेल गोमेस, एडम म्याकके, माइक लीलगायत छन्। उनीहरूले बार्लिनालेले प्यालेस्टिनीहरूको अवस्थाबारे स्पष्ट धारणा नलिएको मात्र होइन, गाजाप्रति ऐक्यबद्धता जनाउने कलाकारमाथि निगरानी, दबाब र सेन्सर गरिएको आरोप लगाएका थिए। पत्रमा जर्मन राज्यको भूमिकामाथि पनि प्रश्न उठाइएको थियो।
राज्य–समर्थित सांस्कृतिक संस्थाले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नुपर्ने, प्यालेस्टिनीहरूको जीवन, गरिमा र स्वतन्त्रताको पक्षमा उभिनुपर्ने तथा गाजामा भइरहेको हिंसाको स्पष्ट निन्दा गर्नुपर्ने माग गरिएको थियो।
नेपालको तर्फबाट फिल्म निर्देशक मीनबहादुर भाम यस वर्षको बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय जुरी सदस्यका रूपमा बर्लिनालेमा रहेका थिए।











प्रतिक्रिया