इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२६ मा सेजल राजभण्डारीले नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्। सेजललाई ग्रीन आर्ट मिडियाले मिस इको इन्टरनेशनल नेपाल २०२६ को ताज पहि¥याउ“दै उक्त प्रतियोगिताका लागि आधिकारिक प्रतिनिधि चयन गरेको हो।
राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच सेजललाई गत वर्षकी मिस इको इन्टरनेशनल नेपाल २०२५ विजेता संस्कृति भट्टले मिस इको इन्टरनेशनल २०२६ ताज पहि¥याएकी थिइन्। ताज लगाएपछि सेजलले यसलाई आप्mनो जीवनको एक महत्वपूर्ण अवसर भएको बताइन्। उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मौलिक संस्कृति र पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने बताइन्।
आगामी अप्रिलमा आयोजना हुने प्रतियोगितामा ७५ भन्दा बढी देशका इको सुन्दरीहरूको सहभागिता रहनेछ। जहा“ सेजल नेपालको तर्फबाट एक्लो प्रतिनिधिको रूपमा उभिनेछिन्। प्रतियोगिताका लागि सेजललाई ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा कोरियोग्राफर अनिला श्रेष्ठलगायतले विशेष प्रशिक्षण दिनेछन्।
वातावरण र पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ ब्युटी फर इको नारासहित एलटीसीपी अर्गनाइजेशनले सन् २०१५ बाट इजिप्टमा यो प्रतियोगिता सुरु गरेको हो। विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्नु यसको मुख्य लक्ष्य रहेको ग्रीन आर्टस मिडियाका सिइओ प्रवीण लाकौलले जानकारी गराए।











प्रतिक्रिया