मुस्ताङको चिनारीमा जोमसोम बजार


हिमालपारिको जिल्ला मुस्ताङको चिनारी गीतका रूपमा जोमसोम बजार सार्वजनिक गरिएको छ।
गीतकार सुमन पण्डितको शब्द रचना र संगीतमा तयार भएको गीतमा गायक रामजी खा“ड र गायिका सन्जु न्यौपानेको स्वर तथा मदन केसीको संगीत संयोजन र कुमार रानाको मिक्सिङ रहेको छ।

गीतको भिडियोमा मोडलद्वय सुरेश कोल्ही र स्मारिका ढकालले अभिनय गरेका छन्। मुस्ताङ जिल्लाको मुक्तिनाथ, ढुम्बाताल, कुछपतेरङा गुम्बा, ठिनी, जोमसोमबजार, मार्फा, कागबेनीलगायतका विभिन्न भूभागको चिनारीसहित छाया“कन गरिएको भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन्।

शुभकामना मिडिया सोलुशनको ब्यानरमा निर्मित भिडियोमा करन चैंसिरको छाया“कन र विनोद बमको सम्पादन रहेको छ। भिडियो मुस्ताङ लभर युट्यब च्यानलबाट सार्वजनिक गरिएको हो।