गायक मदन ढकालले गायिका दिपिका बयम्बु मगरस“गको युगल गायनमा मुग्लिङ बोलको गीत भिडियोसहित सार्वजनिक गरेका छन्।
गीतमा गायक मदनकै शब्द रचना छ भने कम्पोज घनश्याम खत्रीको छ। एरेन्ज आशिष अबिरलले गरेका छन्। गीतको भिडियोमा चर्चित चार कलाकार सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), सुनिशा बजगाईं (सीता) र जुनु एसडीको दमदार नृत्य र अभिनय प्रस्तुत गरिएको छ। गायक मदन स्वयम् पनि भिडियोमा प्रस्तुत भएका छन्।
जेरी भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा छाया“कन दिनेश पराजुली र सम्पादन सुजन कोइरालाको रहेको छ।
‘यो डान्सिङ गीत हो, सबैको मनमा बस्नेछ भन्नेमा ढुक्क छौ“’ गीतबारे गायक मदनले जानकारी गराए। गीतको भिडियो बले इन्टरटेनमेन्ट युट्युबबाट सार्वजनिक गरिएको हो।











प्रतिक्रिया