गीतकार सतिश चापागाईंको शब्द रचना लोभी नजर बोलको गीत सार्वजनिक गरिएको छ। प्रेम, त्याग र सामाजिक व्यवहारका यथार्थ पक्षलाई समेटेको गीतले अत्यधिक समर्पण र त्यसबाट उत्पन्न हुने भावनात्मक पीडा प्रस्तुत गरेको छ।
गीतमा समाजका स्वार्थी प्रवृत्ति र भावनाको शोषणलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।
बाहिर हा“सो भित्र व्यथा मेरो जिन्दगीजस्ता शब्दले बाहिरी मुस्कान र भित्री पीडाबीचको अन्तर देखाएको गीतले प्रेमको नाममा हुने असन्तुलित समर्पण र त्यसले सिर्जना गर्ने पीडा उजागर गरेको छ।
गायिका तथा संगीतकार बबिना भट्टराईले गाएको गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ विश्व अधिकारीले गरेका छन्। गीतको भिडियो मिराज अर्यालको निर्देशन रहेको छ। रिमा फिल्म्सको पोस्ट–प्रोडक्सनमा तयार भएको भिडियोमा गायिका बबिना भट्टराईसहित आशिष खतिवडा, आशिष अर्याल, शान्ति भट्ट, दीक्षा चौधरी तथा बाल कलाकार आलोक अर्याल र आरुषी अर्यालले अभिनय गरेका छन्। छाया“कन दिनेश विष्टले गरेका छन्। गीत सतिशको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।











प्रतिक्रिया