रसुवा ।
किशाेरि लक्षित सन्चालनमा ल्याईएकाे एचपिभि ( ह्युमन प्यापिलाे भाईरस) विरूद्वकाे खाेप कार्यक्रम अन्तरगत रसुवा का ३ सय ४६ जना किशाेरि हरूलाई खाेप लगाईएकाे छ । याे खाेप अभियान कै रूपमा सन्चालन भएकाे छ १० वर्ष पूरा भएका तथा कक्षा ६ मा अध्ययनरत बालिकाहरूलाइ नियमित रूपमा एचपिभि खाेप प्रदान गरिएकाे हाे ।
जिल्ला काे ५ गाउँपालिका हरूमा माघ २८ गते देखि फागुन ७ सम्म खाेप कार्यक्रम सन्चालन भएकाे जनस्वास्थ्य कार्यालय रसुवा का प्रमुख झम प्रसाद आर्चायले जानकारी दिनुभयो । खाेप सन्चालनका लागि ५ गाउँपालिका भर लक्षित किशोरी हरूकाे तथ्यांक संकलन गरि साेहि अनुसार जनशक्ति समेत परिचालन गरिएकाे थियाे ।
जनस्वास्थ्य कार्यालय रसुवाको सुचना अधिकारी तारापति बिसिका अनुसार सवैभन्दा वढि कालिका गाउँपालिकामा ९९ जना किशोरी हरूलाई खाेप लगाईएकाे छ भने सवै भन्दा कम आमाछाेदिङमाे गा,पा मा २९ जनालाई खाेप लगाईएकाे छ । अभियानका रूपमा सञ्चालन हुँदै आएको एचपीभी खोप कार्यक्रम हाल नियमित खोप सेवामा समावेश गरिएको छ नेपालमा महिलाको मृत्यु जनस्वास्थ्य कार्यालयले एचपीभी विरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर लगायत अन्य एचपीभी संक्रमणबाट हुने गम्भीर स्वास्थ्य समस्याबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ ।
साथै लक्षित सबै किशोरीलाई खोपको पहुँचमा ल्याउन आगामी दिनमा समेत नियमित रूपमा कार्यक्रमलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ ।











प्रतिक्रिया