एक्लै गर्जिंदै आबाट आमाले कमायो ८ करोड, कुमारी र रमिताको पिरतीको हरिबिजोग


नेपाली फिल्म बजार यतिबेला अभूतपूर्व सुस्तताबाट गुज्रिरहेको छ। हालै प्रदर्शनमा आएका फिल्महरूको बक्स अफिस तथ्यांकले उद्योगको अवस्था कति कमजोर बनेको छ भन्ने स्पष्ट देखाउ“छ ।अधिकांश फिल्मले दर्शक हलसम्म तान्न नसक्दा

व्यापार निराशाजनक मात्र होइन, चिन्ताजनक तहसम्म खस्किएको छ।
यही निराशाबीच गत माघ १६ गते रिलिजमा आएको आबाट आमा भने दर्शकको भरोसास“गै व्यापारिक रूपमा पनि बलियो बनेर उभिएको छ।

द्वन्द्व निर्देशनबाट निर्देशन क्षेत्रमा फड्को मारेका निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको आबाट आमाले गत शनिबारसम्म घरेलु बजारमै ८ करोड ३१ लाख ८७ हजार ७ सय ८९ रुपैयँ“ ग्रस कलेक्सन गर्दै ३ लाख १० हजार ३ सय २३ टिकट बिक्री गरेको छ।

पल शाह, विपना थापा, प्रदीप रावत, विशाल पहाडी, रवीन्द्र झा, साइग्रेस पोखरेल, सिम्रन पन्त, गजित विष्ट, हेमराज अधिकारी (खनत्या खलास), उषा उप्रेती,दिलीप अखेडालगायतका कलाकार टोलीले फिल्मलाई बलियो चर्चा दिलाएको छ, जसका कारण कमजोर बजारबीच पनि यसको व्यापार उत्साहजनक गतिमा अघि बढिरहेको छ। बजारमा अन्य फिल्महरू व्यापारिक रूपमा संघर्षरत रह“दा आबाट आमाले भने सकारात्मक वर्ड अफ माउथका कारण अझै पनि दर्शक आकर्षित गरिरहेको देखिन्छ।
तर माघ २३ गते रिलिज भएका फिल्महरूको हालत भने ठिक उल्टो देखिएको छ।

निर्देशक दिनेश राउतको फिल्म कुमारीले अपेक्षा गरिएभन्दा ठिक उल्टो व्यापारिक परिणाम देखाउ“दै हालसम्म केवल ५६ लाख २ सय ११ रुपैया“ ग्रस कलेक्सन गरेको छ। नया“ अनुहार अभिषेक खड्का र आकृति राजभण्डारीका साथमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायतले अभिनय गरेको फिल्मले १७ हजार २५ जना दर्शक मात्रै हलसम्म पु¥याएको तथ्यांकले यसको हरिविजोगपूर्ण व्यापार प्रस्ट्याउ“छ।

सोही दिन रिलिज भएको रमिताको पिरतीको व्यापार त झन् दयनीय छ।निर्देशक सुदिप्ताको लेखन–निर्देशनमा बनेको फिल्ममा आना शर्मा, समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्लेलजस्ता कलाकार भए पनि फिल्मले दर्शकको चासो पाउन सकेन। यो फिल्म हालसम्म जम्मा ५ हजार ८ सय ३७ दर्शकले मात्रै हेरेको बक्स अफिस रिपोर्टले देखाउ“छ।

समग्रमा बक्स अफिस तथ्यांकले नेपाली फिल्म उद्योग अहिले कठोर परीक्षणको चरणमा रहेको देखाउ“छ—जहा“ अधिकांश फिल्म व्यापारिक रूपमा संघर्षरत छन् र आबाट आमा एक्लैले मात्रै बक्स अफिसमा जीवनको संकेत दिइरहेको छ। उद्योगका जानकारहरूका अनुसार फिल्मका सामग्री र दर्शक मनोविज्ञान बुझ्ने रणनीतिबिना आगामी फिल्मको रिलिजको अवस्था अझ चुनौतीपूर्ण हुन सक्छ।