पूर्व उपरथी गायक भरतचन्द्र गुरुङको लोक रक गीत छ सलाम मायालाई हालै राजधानीमा सम्पन्न एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
लामा गुरुङ सेवा समाजको आयोजनामा समाजका अध्यक्ष ई. महेन्द्र बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरव गुरुङको शब्द रचना र मदनसिंह नेपालीको संगीत रहेको गीत भिडियोसहित सार्वजनिक गरिएको हो। कार्यक्रममा संगीतकार नेपालीले लोक रकस्टारको रूपमा गायक भरतचन्द्र गुरुङलाई पाएको चर्चा गर्दै उनले सुरक्षा सेवा गरे जस्तै अब सांगीतिक क्षेत्रमा पनि आफ्नो रिटायर्ड लाइफलाई ऊर्जामय बनाउने बताए। निर्देशक मिलन मोक्तानले भरतचन्द्रको ऊर्जा देखेर आफू लोभिएको बताए।











प्रतिक्रिया