लोयल्टी र फेरिल्यान्ड क्वार्टरफाइनलमा


काठमाडौं ।

आयोजक लोयल्टी एकेडेमी र फेरिल्यान्ड १४ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । लोयल्टी समूह ‘बी’ को विजेता तथा फेरिल्यान्ड सोही समूहको उपविजेता हुँदै अन्तिम आठमा पुगेका हुन् ।

लोयल्टीले राइजिङ स्टारलाई ३–०, फेरिल्यान्डलाई १–० र मन्जरीलाई २–० गोलले पराजित ग¥यो । फेरिल्यान्डले मन्जरीलाई ७–० तथा राइजिङ स्टारलाई २–१ गोलले हरायो ।

फागुन ८ गतेसम्म चल्ने प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको मन्त्री कुमार इङनामले एक कार्यक्रमबीच उद्घाटन गरे ।