नयाँ बर्षको अवसर पारेर आगामी चैत्र २७ गते रिलीजमा आउने फिल्म डल्लेले इन्ट्री मा¥योको सेकेन्ड लुक्स पोस्टर सार्वजनिक गरिएको छ।
यसअघि सार्वजनिक फस्र्टलुकमा प्रमुख अभिनेता सागर लम्साल मात्र थिए भने दोश्रो पोस्टरमा सागरका साथमा डेब्यु अभिनेत्री रोशनी खड्कालाई प्रस्तुत गरिएको छ। मोड्लिङबाट करिअर सुरु गरेकी रोशनी २०२५ को मिस नेपाल प्रतियोगीताको अडिसनबाट चर्चामा आएकी थिइन्। अडिसन दिन गएकी जन्मजात एउटा हत्केलारहीत रोशनीलाई मिस नेपालकी एक निर्णायक रचना गुरुङले औपचारिक परिचय नसोधीकनै सुरुमै उनको हातको बारेमा बताउन भनेको क्लिप सार्वजनीक भएको थियो। रोशनीलाई निरुत्साहित पारेको भन्दौ हजारौले रचनालाई गालिगलौचका कमेन्ट गरेका थिए।
सुन्दरी,प्रतिभावान अनि निडर रोशनी आप्mनो अथक परिश्रम, लगाव र दुढ्ताका साथ मोड्लिङ र अभिनयमा करिअर अघि बढाइरहेकी छिन्। उनी आप्mनो डेब्यु फिल्म डल्लेले इन्ट्री मार्योबाट निकै आशाबादी छिन्। राजु गिरीको निर्देशन, उमेशकुमार बस्नेतको कथा तथा लक्ष्मण सुवेदीको पटकथा र संवाद रहेको फिल्ममा सागर लम्साल, रोशनी खड्का, रमेश बुढाथोकी, रबिन्द्र झा, हेमन्त बुढाथोकी, विशाल पाहाडी, कैलाश रावल, रबि गिरी, ध्रुव कोइराला, सावित्री चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसीन भट्टराई, सुष्मा केसी, रामहरी खड्का, राजु गिरी, सुचेन्द्र परियार, बालकलाकार काजोल, कंगना गिरी, रोनीश खड्कालगायतले अभिनय गरेका छन्।
कार्यबिनायक फिल्म्स् र उषा फिल्म्स्को व्यानरका साबित्रा चिलुवाल, आषिक बस्नेत, आदर्श बस्नेत, िनर्मला बस्नेत र सरिता पुरी गिरीद्वारा निर्मित फिल्ममा अर्जुन पोखरेल, बाबुल गिरी र रिमेशकुमार थापाको संगीत, केशबराज भट्टको कोरियोग्राफी, श्याम तामाङको छाया“कन र गौतमराज खड्काको सम्पादन रहेको छ।











प्रतिक्रिया