नयाँ वर्षलाई तुलसी घिमिरेको पहाड


निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म पहाड नायाँ वर्ष २०८३ को वैशाख १ गते रिलिजमा आउने भएको छ।
युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्या चित्रण गरिएको फिल्मले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पु¥याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले जानकारी गराए। ‘नेपालसँगै अन्तर्राष्ट्रिय प्रदर्शनका लागि उपयुक्त समय मिलाउनका लागि बाँकी काम पूरा गर्ने अवधि मापन गरेर फिल्म फिक्स गरेका हौ“। फिल्मको विषयवस्तु पारिवारिक भएकाले पनि यसलाई स–परिवार हलमा गएर हेर्न मिल्ने समयमा प्रदर्शन गर्न लागेका हौँ लेखक तथा निर्देशक घिमिरेले जानकारी गराए।’

फिल्ममा मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ। फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ। फिल्म हेरिरहँदा दर्शकले आप्mनोपन र आप्mनो कथा पाउनु हुनेछ। नयाँ देखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु, घिमिरेले भने। ’

भाग्यरत्न फिल्म्स् प्रालिको ब्यानरमा ओजस्वी केसीद्वारा निर्मित फिल्मको छायांकन भारतीय फिल्म, वेबसिरिज र टेलिफिल्मसमेत छाया“कन गर्दै आएका निर्माता प्रमोद प्रधानले छायांकन गरेका छन्। छायाकार प्रधानले निर्देशक घिमिरेसंग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन्। भारती घिमिरे क्रिएटिभ निर्देशक तथा रिम्पोछे लामा थिङ र सुरेश लामा थिङ सह निर्माता रहेको फिल्ममा रञ्जित गजमेरको संगीत निर्देशन रहेको छ।
विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानिया“, सलोना बज्राचार्यलगायतका कलाकारले अभिनय गरेको फिल्ममा निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रूपमा दर्शकसामु ल्याउँदैछन्।