मानिस संधैं एउटै नेतालाई हेर्न चाहँदैन: मदनकृष्ण श्रेष्ठ


ख्यातिप्राप्त हास्यव्यंग्कार तथा गायक मदनकृष्ण श्रेष्ठले मानिसले सधैं एउटै नेतालाई हेर्न नचाहेको र परिवर्तन खोजेको जनाएका छन्।
बालबालिकाको डान्स रियालिटी शो नेशन्स् गट ट्यालेन्ट : राष्ट्रको प्रतिभा, सिजन २ को अतिथिका रूपमा पुगेका हास्यकलाकार श्रेष्ठले एक प्रसंगमा सो धारणा व्यक्त गरेका हुन्। उनले प्रतिनिधिसभा चुनावपछि होश भएका र जोश भएकाहरू मिलेर अगाडि बढ्नु पर्ने पनि बताएका छन्।

शोमा भक्तपुरकी जलाधी खड्काले जेनजी प्रदर्शनको समयमा प्रहरीमाथि भएको आक्रमण, धनजनको क्षति तथा त्यसपछि वृद्धि भएका आपराधिक र असामाजिक गतिविधिको रोकथाम गर्न प्रहरी नै अघि बढेको विषयमाथि प्रस्तुत गरेको मार्मिक अभिनयात्मक नृत्य प्रस्तुतिपछि मदनकृष्णले लामो समयसम्म आँसु मात्र झारेनन्, प्रहरीबिना समाज र देश अगाडि बढ्न नसक्ने पनि जनाए। ‘अस्तिको जेनजी आन्दोलनले नेपाललाई नया“ मोडमा ल्याइदिएको छ। समय बलवान् छ। मानिसले सधैं एउटै नेतालाई हेर्न चाहँदैन। अब चुनावबाट आउनेहरू जोश हुनेहरूसँग होश नुहन सक्छ, होश हुनेसँग जोश नहुन सक्छ। अब होश भएका र जोश भएकाहरू मिलेर अगाडि बढ्यो भने राम्रो हुन्छ’ मदनकृष्णको धारणा थियो।

कार्यक्रममा नेशन्स् गट ट्यालेन्टकी वरिष्ठ निर्णायक तथा अभिनेत्री मिथिला शर्माले त्यो मानवीय स्वभाव भएको बताइन्। ‘यो मानवीय स्वभाव हो मदन दाइ। दिन मात्र पनि हामी सहन सक्दैनौ“। दिनैदिन मात्र पनि हामीलाई चाहिंदैन, रातैरात पनि हामीलाई चाहिंदैन। हामीलाई मिर्मिरे बिहानी पनि चाहिन्छ, गोधूली साँझ पनि चाहिन्छ’ उनको भनाइ थियो।

जलाधीले प्रहरीको भूमिकाका साथ प्रस्तुत गरेको नृत्यमा अतिथि निर्णायक मदनकृष्ण श्रेष्ठका साथमा नियमित निर्णायकहरू अभिनेत्रीद्वय मिथिला शर्मा र नीता ढुंगाना तथा छमछमी नृत्य प्रतियोगिताका विजेता सरोज प्रजा चारै जनाले स्ट्यान्डिङ अबिएसन दिएका थिए। ‘मैले अस्ति मंगलबजारमा पनि योखालको प्रस्तुति हेरेको थिएं। त्यो बेलामा पनि मेरो आँखाबाट एकदमै आँसु बगेको थियो। त्यसमा पनि प्रहरीको दुःख देखाइएको थियो। प्रहरी भनेको हाम्रो साथी पनि हो, अभिभावक पनि हो, शिक्षक पनि हो, मर्यादापालक पनि हो। बेला बेलामा न्यायाधीश पनि हो। पुलिसबिनाको जिन्दगी हामी कल्पनै गर्न सक्दैनौं“’ मदनकृष्णको भनाइ थियो ‘पुलिसबिना हाम्रो समाज बडा खतरा हुन्छ। ज्यान, धनसम्पत्ति जोखिममा हुन्छ। पुलिस भनेको अपजसी पनि छ। काम गरेर कहिल्यै जस पाउँदैन। एक दुई जना खराब पनि होलान्। त्यो जताततै हुन्छ। अस्तिको आन्दोलनमा पुलिस एकदम अप्mठेरो अवस्थामा परेको थियो।’

अभिनेत्री नीता ढुंगानाको प्रतिक्रिया थियो ‘जलाधीको पर्फ़मेन्समा हामी उठ्या“ै, ताली बजायौ“।, कन्सेप्ट एकदमै राम्रो थियो। अस्तिको प्रोटेस्टलाई लिएर बनाएको रहेछ। यो प्रोटेस्टमा प्रहरीको महत्व सा“च्चिकै बुझेको व्यक्तिमा म पनि पर्छु। चाहे पोल्टिक्समा होस् या हामी जनताबाट कहिल्यै जस नपाउने भनेको पुलिस हो।’ अभिनेत्री मिथिला शर्माले थपेकी थिइन् ‘शान्ति सुरक्षा कटिबद्धता भनेर एउटा नेपाली छोरा वा छोरी अगाडि बढ्दा उनीहरूको काधमा अरूको पनि भविष्य हुन्छ। हामी ज्यान जोखिममा राखेर आप्mनो आमालाई दागबत्ती नदिई अरूलाई का“ध दिएर पशुपतिसम्म पु¥याउने सुरक्षाकर्मीलाई बिर्सन्छा“ै।

उनीहरूबिना केही पनि अगाडि बढ्दैन। अस्तिको त्यो घटना नेपालको इतिहासको कालो पन्ना हुनेछ’ मिथिलाले भावुक हु“दै भनिन् ‘अबोध बालबालिकाले मृत्युवरण गर्नुप¥यो। राष्ट्रको त्यत्रो सम्पत्ति खरानी बन्यो। त्यो खरानीबाट उठेका सुरक्षाकर्मीलाई सल्युट। तपाईंको प्रस्तुति असाध्यै राम्रो थियो।’

शोका क्रममा मदनकृष्ण श्रेष्ठले डान्स गर्न नसिकेकोमा पछुतो मानेका छन्। शोअन्तर्गत उत्कृष्ट ९ राउन्डमा सिराहाकी एनी चौधरीले फुर्तिलो डान्स गरेपछि प्रतिक्रिया दिने क्रममा मदनकृष्णले भने ‘म त डान्स हेरेर बोल्नै सकिन“। एकदम हेरेको हे¥यै भएँ। मलाई पार्किन्सन्स छ। डान्स हेर्दाहेर्दै मनमा यस्तो भयो कि मिथिलाजी (अभिनेत्री मिथिला शर्मा) सँग जस्ताको संगत भएर पनि मैले कसरी डान्स सिकिन“? मैले डान्स जानेको भए मलाई पार्किन्सन्स नै हु“दैन थियो। डान्स गर्नेहरूलाई कहिल्यै पनि पार्किन्सन्स निस्कि“दैन।’ कार्यक्रममा बालबालिकाको नृत्य हेर्दै जाँदा मदनकृष्णको प्रतिक्रिया थियो ‘बच्चाहरूले पनि यत्तिको राम्रो डान्स गर्छन् भन्ने अन्दाज नै नगरेको मैले त। हरेको हे¥यै भइरहे“।’ सोलुखुम्बुकी ७ वर्षीया पासाङ ल्हामु शेर्पाको नृत्य हेरेपछि उनले आपूmलाई सबैभन्दा राम्रो नृत्य मिथिला शर्माको लाग्ने खुलाए। ‘मलाई नेपालमा डान्स गर्नेमध्ये सबैभन्दा राम्रो डान्स मिथिलाजीको लाग्छ। पासाङले डान्स गर्दा ठाउ“ ठाउ“मा मिथिलाजीको याद आइराखेको थियो। मख्खै पा¥यो, ध्यान कतै पनि ड्रप गरेन’ मदनकृष्णको प्रतिक्रिया थियो। अर्की एक प्रतिस्पर्धीको नृत्यपछि प्रतिक्रिया दिने क्रममा पनि मदनकृष्णले मिथिलाको नृत्य शैलीको तारिफ गरे ‘मिथिलाजीकोमा अनुहारले नै गीतको शब्द बोलिरहेको हुन्छ। आ“खा नाचिरहेको हुन्छ। कोही ठुस्स परेर नाचिरहेको हुन्छन्, तर मिथिलाजीले हा“सेर शब्दअनुसार गर्ने प्रस्तुति राम्रो लाग्छ।’

डोटीकी उदिप्ती राउतले हर्रर थिममा डान्स गर्दा भने अर्की निर्णायक अभिनेत्री नीता ढुंगानाको सातो गयो। उदिप्तीले अचानक आप्mनै हट सिट अगाडि आएर हे भन्दा उनी नराम्ररी तर्सिइन्। नीताले तर्सिएर अबुई भन्दै मदनकृष्णलाई समाउन पुगिन्। आपूm तर्सिएको देखेर आफै हाँसिन। उनीसंगसंगै अरू निर्णायक पनि र्तिर्सए र तर्सिएको सम्झेर हाँसे । नीताले भनिन् ‘उदिप्तीले त आज मेरो सातो लिइन्। अहिलेसम्म पनि मुटु ढुकढुक भइराछ।’ मदनकृष्णले भने २१६७७७ नामक सिरियलको सम्झना गर्दै सुनाए ‘म पनि तर्से“। म पनि तर्सेको छु त्यो घा“स काट्ने खुर्केरमा। त्यसमा हामीले धेरै बच्चाहरूलाई तर्साएका थियोै“। आज बच्चाले हामीलाई तर्साए।’ महको उक्त सिरियलमा हरिवंश आचार्यले घाँस काट्ने खुर्केर गीत गाउँदै राति राति तर्साउने दृश्य छन्। त्यसको सम्झना गर्दै नीताले पनि सुनाइन् ‘घाँस काट्ने खुर्केर भन्ने त्यो साउण्ड सुन्दै डर लाग्ने।’ मदनले ह्या गरेर हात आप्mनो अगाडि नचाउँदा नीता फेरि तर्सिइन्।

नेशन्स् गट ट्यालेन्ट राष्ट्रको प्रतिभा, सिजन २ मा अभिनेत्रीद्वय मिथिला शर्मा र नीता ढुंगाना तथा छमछमी नृत्य प्रतियोगिता विजेता निर्णायक रहेका छन्। शो हरेक आइतवार साँझ ६ बजे स्पेस फोके टेलिभिजन र ७ बजे ओएसआर रियालिटी युट्युब च्यानलमा प्रसारण भइरहेको छ। शो उत्कृष्ट ५ को चरणमा प्रवेश गरेको छ। एएनपी मिडियाको ब्यानरमा लबबहादुर कार्कीको निर्माण र निर्देशनमा तयार भइरहेको शोमा प्रनिमा दाहाल उद्घोषिका रहेकी छिन्।