प्रियंका पारसमा


निर्देशक कृषा चौलागार्इंको निर्देशनमा निर्माण हुने फिल्म पारसमा नायिका प्रियंका कार्की पनि जोडिएकी छन्।
अभिनेता निखिल उप्रेती र अभिनेत्री जसिता गुरुङस“गै अब प्रियंका कार्की पनि पारसका लागि अनुबन्धित भएकी छिन्।

फिल्ममा निखिलको जोडी जसिता कि प्रियंका हुने हुन् भन्ने कौतूहलाको विषय बनाइएको छ। फिल्ममा जसितालाई अनुबन्धित गरि“दा उनको अपोजिटमा निखिल उप्रेती हुने अनुमान गरिएको थियो। तर अब प्रियंका कार्कीको इन्ट्रीस“गै फिल्ममा उनी कसको जोडी हुन भन्ने कौतूहलताको विषय बनाइएको छ ।

एक्सन तथा सामाजिक कथामा निर्माण फिल्ममा अन्य कलाका चयन गरि“दै जाने निर्देशक कृषाले जानकारी गराएकी छन्।
केपी फिल्म्स्को ब्यानरमा निर्माण फिल्म भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् भने डीओपी पुरुषोत्तम प्रधानको रहनेछ। फिल्मको सुटिङ छिट्टै गरिने तयारी निर्माण पक्षको छ।