दर्शकलाई मन पराएर हाउसफुल बनाइदिइरहेको फिल्म आबाट आमाको शीर्ष गीत लैजा खबर ए हावामाथि कभर सङ गाएर बर्दियाका दिप्सु परियारले ५१ हजार रुपैयाँ पुरस्कार जितेका छन्।
उनलाई फिल्मका निर्देशक चन्द्र पन्त, अभिनेता पल शाह तथा अभिनेत्रीहरू उषा उप्रेती र सिम्रन पन्तले उक्त पुरस्कार प्रदान गरेका हुन्। निर्देशक पन्तले बर्दियाको बा“सगढीका परियारलाई ५१ हजार रुपैया“ पुरस्कार प्रदान गरेको बताए। ‘हामीले घोषणा गरेबमोजिम नै उहा“लाई हाम्रो टिमबाट पुरस्कार स्वरूप ५१ हजार नगद प्रदान गरेका हौ“’ उनेले जानकारी गराए।
फिल्मको निर्माण टिमले एक महिनाअघि उक्त गीतमा आधारित कभर सङ तथा अभिनय प्रतियोगिता घोषणा गरेको थियो। आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्मको उक्त गीत सामाजिक सञ्जालमा चर्चामा रहेको छ। निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपालीलगायतका कलाकारले अभिनय गरेका छन्।











प्रतिक्रिया