आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा


काठमाडौं ।

आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराक र खुम्जुङ युथ क्लब १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह ‘ए’ बाट खुम्जुङ विजेता तथा फराक उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् । फराकले खुम्बु याम्बु शेर्पा समाजलाई १–० गोलले पराजित ग¥यो ।

पेम्बा स्माइल शेर्पाले निर्णायक गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा खुम्जुङले खुन्डे सामुदायिक क्लबलाई २–० गोलले हरायो । दुवै गोल ‘प्लेयर अफ द म्याच’ फुरा इब्रा शेर्पाले गरे ।

१४ पिक्स एक्सपेडिसनको मुख्य प्रायोजनामा भइरहेको प्रतियोगिताको समूह ‘बी’ बाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लिगको अन्तिम दिन बिहीबार लाग्ने छ ।