समाजमा दबिएका आवाज र भुइँमान्छेको कथा पर्दामा


भोलि शुक्रवारबाट अल नेपाल रिलिजमा आउने फिल्म बिगुलको निर्माण समूहले राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी फिल्मसम्बन्धी विविध जानकारी दिएको छ।

फिल्मलाई नेपाल जेसिसले भरपुर सघाउने भएको छ। फिल्म निर्माता दिनेश कोइराला र नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जीवन कार्कीबीच यस विषयमा एक सम्झौतामा हस्ताक्षर गरिएको छ। फिल्मका कथाकारसमेत रहेका कोइराला नेपाल जेसिसका पूर्व अध्यक्ष हुन्। उनले आफूले देश र जनताको पक्षमा सन्देशका साथमा मनोरञ्नात्मक फिल्म निर्माण गरेको बताए।

फिल्मका निर्देशक रमेश कोइरालाले फिल्म भुइँमान्छेको कथा भएको र वर्तमान राजनीति परिदृश्यस“ग निकै मिल्दो भएकाले हरेक नागरिकले हेर्नुपर्ने बताए। उनले फिल्ममा भरपुर मनोरञ्जनका साथै आमनेपालीलाई देश र माटोप्रति अझ बढी प्रेम जगाउने सन्देश रहेको दाबी गरे।

अभिनेता नीर शाहले बिगुलजस्तो वर्तमानको वास्तविक कथामा बिरलै फिल्म बन्ने गरेको चर्चा गर्दै आम नेपालीमाझ भन्नु पर्ने कथामा बनेको बताए। यसप्रकारका फिल्म निर्माणमा अझै जोड दिनुपर्नेमा उनको जोड थियो। अभिनेत्री बेनीशा हमालले फिल्ममा आफू निकै चुनौतीपूर्ण भूमिकामा रहेको जनाउ“दै आइरहेका फिल्मभन्दा अलि फरक र देशप्रेमी फिल्म भएको बताइन्। अभिनेता नरेन खड्काले फिल्ममा आफू युवा शक्तिको रूपमा प्रस्तुत भएको खुलाउ“दै फिल्म देशप्रति सचेत र जागरुक सबैले फिल्म मनपराउने विश्वास ब्यक्त गरे।

निर्माता कोइरालाले फिल्ममा नेपाली समाजका दबिएका आवाज, अन्याय सहेर बा“चिरहेका भुइ“मान्छे, भविष्यको चिन्तामा छटपटाइरहेका युवापुस्ता र संघर्षशील महिलाको चेतनालाई प्रतिनिधित्व गर्ने कथा प्रस्तुत गरिएको बताए।

म्याग्नेलिया गु्रपको ब्यानरमा कल्पना पौडेलद्वारा प्रस्तुत फिल्ममा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, सरोज खनाल, विनोद न्यौपाने, रवीन्द्र खड्का, शिशिर बाङ्देल, गीता अधिकारी, जेएन घिमिरे, मानुषी शर्मा, नव अभिनेत्री मीरा पण्डितलगायतका कलाकारले अभिनय गरेका छन्। महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको फिल्ममा प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा र संवाद, अर्जुन पोखरेल, विश्वप्रकाश शर्मा र मनोज चौलागाईंको संगीत, कमल राई र कविराज गहतराजको कोरियोग्राफी, एनबी महर्जनको द्वन्द्व निर्देशन, शिव ढकालको छाया“कन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ। फिल्मको मंगलवार राति ललितपुरस्थित क्युएफक्स हलमा प्रिमियर शो आयोजना गरिएको छ।