श्री बुकुरो : द होम कलिङ आमाको घर, आमाकै संसार



नाइ“ न भन्नु ल ६ बाट नेपाली फिल्ममा डेब्यु गरेका अभिनेता आशीर्वाद बी छेत्री दुई वर्षपछि पुनः पर्दामा देखि“दै छन्। उनको दोस्रो फिल्म श्री बुकुरोः द होम कलिङ यही शुक्रवारदेखि अल नेपाल रिलिजमा आउ“दैछ।


पहिलो फिल्मबाट लभर ब्वाइको पहिचान बनाएका छेत्रीले दोस्रो फिल्ममा चरित्रप्रधान भूमिका पाएका छन्। “अघिल्लो फिल्ममा नायकको भूमिकामा थिए“। तर यो फिल्ममा मैले चरित्रको हिसाबले काम गरेको छु ।” उनले खुलाए, “चरित्रमार्फत यसमा म आर्मीको क्याप्टेनको रोलमा छु ।” उनले थपे, “यो फिल्ममा म कान्छो छोराको भूमिकामा छु।” फिल्मले नया“ सोचअनुसार पुरानो घरलाई बचाउनुपर्छ भन्ने भाव बोकेको छेत्रीको बुझाइ छ।

फिल्म पारिवारिक कहानीमा बनेको र आमाको कथा भएकाले प्राथमिकताको साथ काम गर्न इच्छुक भएको उनले बताए। “यसअघि पनि केही फिल्म आएको थियो। स्किप्ट छान्न कठिन भइरहेको थियो। हिरोइजम नदेखिने कान्छाको क्यारेक्टर र एउटा पारिवारिक कथा भएकाले यो फिल्मले आकर्षित गरेको हो” उनले भने।

फिल्ममा अभिनेत्री लक्ष्मी गिरी मुख्य भूमिकामा छिन्। अभिनेत्री गिरीले मुख्य पात्रको भूमिकाले आफूमा एक किसिमको डर पैदा भइरहेको खुलाइन्। “मुख्य भूमिकाले मनमा ढुकढुकी बढिरहेको छ। एलएलसीको रिजल्ट आउन लागेको जस्तो फिल गरिरहेकी छु। मुख्य पात्रको कुरा आउ“दा सा“च्चै सक्छु कि सक्दिन“ भन्ने लाग्दो रहेछ” गिरीले भनिन्। अभिनेत्री गिरीका अनुसार फिल्म एक संयुक्त परिवारको कथामा बनेको छ।

आफूले फिल्ममा तीन सन्तानको आमाको भूमिकामा अभिनय गरेको उनले खुलाइन्। परिवारमा बाआमाको त्याग र समर्पण, पारिवारिक एकता, धार्मिक तथा सांस्कृतिक जस्ता विषय उठाइएको उनले सुनाइन्। “यो फिल्ममा घरका सबै परिवार छोराछोरी, बुहारी, दाजुभाइलाई मिलाएर राख्न एक आमाको भूमिका र योगदान कस्तो हुन्छ भन्ने देखाउन खोजिएको छ। संयुक्त रूपमा कसरी बराबर गर्ने भन्ने कुरा मैले आफनो अनुभवसहित काम गरेकी छु” लक्ष्मीले जानकारी गराइन्।

अभिनेत्री निकिता आचार्यले फिल्मको कथा आफ्नो जीवनस“ग मेल खाने बताइन्। “फिल्ममा मेरो चरित्रको केही कुरा वास्तविक जीवनस“ग पनि मेल खान्छ। मेरो चरित्र अलिकति आत्मनिर्भर परिवार मैले पनि हेर्नुपर्छ भन्ने भाव बोकेको छ। वास्तविक जीवनमा पनि तीन दिदीबहिनीमा म माइली हु“। छोरी मात्र भएकाले मलाई परिवारलाई हेर्नुपर्छ भन्ने सोच पहिलेदेखि आउ“थ्यो” उनले भनिन्। निकिताको यो तेस्रो फिल्म हो। यसअघि उनले खेल र बाबरी नामका फिल्ममा छोटो भूमिकामा अभिनय गरेकी थिइन्।

फिल्मका निर्देशक सुदीप भूपाल सिंह श्री बुकुरोः द होम कलिङ लिएर नौ वर्षपछि फिल्म क्षेत्रमा फर्किएका छन्। फिल्म पश्चिमतिर प्रचलित शब्द बुकुरोको नाममा पारिवारिक ड्रामा जनरामा बनेको उनले जानकारी गराए। “बुकुरो भनेको घर हो। यसले छाप्रो वा झुपडीलाई पनि जनाउ“छ। यो शब्द पश्चिमतिर बढी प्रचलित छ। बुकुरोको अगाडि श्री राख्नुको अर्थ सम्मान हो। फिल्ममा द होम कलिङ पनि जोडिएको छ। हामीले फिल्मको ट्रेलरमै देखाएका छौ“, बाटामा घर फर्कि“दै गरेका आमाछोराको दृश्य। त्यो पात्रको विगत पक्कै छ। त्यो यात्राको भविष्य पनि होला भन्ने सोचेर कथा बुनेको हु“ ।

” निर्देशक सिंहले भने, “घर सानो वा ठूलो जे भए पनि आमाले लागि बुकुरो नै श्री र सम्पत्ति ठानिरहेकी हुन्छिन्। घरलाई उनले नै एकताबद्ध गरिरहेकी हुन्छिन्” उनले भने “फिल्ममा मलाई यस्तो आमा चाहिएको थियो, त्यो क्यारेक्टर जसको अनुभव पुगेको होस्, एक्सनभन्दा आफ्नो केही देखाओस्, अलिकति मायालु पनि होस्। फिल्ममा थप्पड पनि हान्नु छ, त्यो सबै वास्तविक पात्र लाग्नुप¥यो। गाली पनि गर्नु छ। माया मेरो कान्छु पनि भन्नु छ र आवश्यकताअनुसार पिट्नु पनि पर्ने छ, यो सबै मैलै लक्ष्मी आमाकोमा देख“े।” उनले यसअघि माला र रुद्रप्रिया नामका फिल्म निर्देशन गरेका थिए।