ल्होसार कपमा खुम्बुलाई सफलता


काठमाडौं ।

खुम्बु याम्बु शेर्पा समाजले १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।
महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोनजामा भइरहेको प्रतियोगितामा खुम्बुले खुन्डे सामुदायिक क्लबलाई ३–१ गोलले पराजित ग¥यो । खुम्बुका लागि प्रनिल मगरले २ तथा कर्मा शेर्पाले १ गोल गरे ।

खुन्डेका पेमा वाङ्दीले सान्त्वना गोल फर्काए । खुम्बुका प्रनिल ‘प्लेयर अफ द म्याच’ घोषित भए । दुई खेलमा खुम्बुको यो पहिलो जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा आयोजक मञ्चले खुम्जुङ युथ क्लबसंग गोलरहित बराबरी खेल्यो ।