गायक शान भुसालको स्वरमा रोमान्टिक गीत संगी सार्वजनिक गरिएको छ।कपिलराज गिरीको शब्द रचना र शानकै संगीतमा तयार भएको गीतमा शानलाई स्वरमा सलिना विकेले साथ दिएकी छिन्।
गीतको भिडियोमा पल शाह र सजिना श्रेष्ठलाई फिचरिङ गरिएको छ। मनाङको सुन्दर दृश्यमा खिचिएको भिडियोमा दुवैको जोडी निकै आकर्षक देखिएको छ।
किरण थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियो पवन सुस्लिङले खिचेका छन्। पवनले नै सम्पादन गरेको भिडियोको सम्पादनमा उनलाई प्रवेश खत्रीले साथ दिएका छन्।











प्रतिक्रिया