राजु शाहको फिल्म फागुनमा आउँदै


फिल्म र नृत्य निर्देशक र फिल्म सम्पादक राजु शाहको निर्माण र निर्देशनमा बनेको फिल्म जाड फागुन महिनामा रिलिजमा ल्याइने भएको छ।

नगरकोट आसपासको स्थानमा छायाँकन गरिएको फिल्ममा सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालले मुख्य भूमिकामा अभिनय गरेका छन्। सुकुलढोका मिडिया प्रालिको ब्यानरमा राजेन्द्र भट्ट, सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाहद्वारा निर्मित फिल्ममा रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाललगायतकले पनि अभिनय गरेका छन्। फिल्म मदिराका कारण मदिराप्रेमीका घर परिवारले भोग्ने आर्थिक र मानसिक पीडामाथि निर्माण गरिएको निर्देशक शाहले जानकारी गराए।

सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टको कथा, पटकथा र संवाद रहेको फिल्ममा श्रीपुरुष ढकालको शब्द रचना, रोशन बालुवाको संगीत र स्वर, योगेन्द्र श्रेष्ठको द्वन्द्व, दिपेन बस्न्यातको छाया“कन र सम्पादन रहेको छ। निर्देशक शाहले यसअघि नमस्ते नेपाललगायतका फिल्म निर्देशन गरेका छन्।