आईसीसी टी–२० विश्वकप तयारी: नेपालले आज यूएईसँग खेल खेल्दै


काठमाडौं । 

आईसीसी टी–२० विश्वकपको तयारीका लागि भारत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार यूएईसँग पहिलो अभ्यास खेल खेल्दैछ। चेन्नईमा हुने यो खेल मंगलबार साँझ सवा ५ बजे सुरु हुनेछ।

नेपालले दोस्रो अभ्यास खेल भने बिहीबार क्यानाडासँग खेल्नेछ। रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीसहित नेपाल विश्वकपमा सहभागी हुँदैछ।

नेपाल समूह ‘सी’मा रहेर इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले माघ २५ गते इङ्ल्यान्डविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ।