बाजुरा ।
यहिमाघ २७ गतेबाट बाजुराका कक्षा ६मा अध्ययनरत छात्राहरु र विद्यालय वाहिरका किशोरीलाइ लक्षित गरी पाठेघर मुखको क्यान्सर विरुद्धको एच पि भि खोप लगाइने भएको छ । यही माघ २७ देखि फागुन ३ गतेसम्म बाजुरा जिल्लाभर एचपिभी खोप लगाइने भएको हो ।
नियमित खोपमा विद्यालय केन्द्रीत खोप अभियान अन्तरगत जिल्लाका नौ वटै पालिकाका एक हजार ८ आठ सय छ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको हो । विद्यालय अध्ययन गर्ने ६ देखि १० कक्षा सम्मका र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई यो खोप लगाईने छ ।
स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख लाल बहादुर खड्काका अनुसार यो बर्ष जिल्लामा कक्षा ६ का एक हजार ७८१ र गत बर्ष छुटेका २५ गरी १८०६ जना किशोरीहरुलाई उक्त खोप लगाइने छ । गत बर्ष जिल्लामा अभियानका रुपमा करिव आठ हजार किशोरीलाई एचपिभी खोप दिइएको थियो ।
यस बर्ष नियमित खोपका रुपमा कक्षा ६ र छुटेका किशोरीलाई मात्र खोप लगाईनेछ । जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयमा स्थापना गरिएको खोप केन्द्रमार्फत खोप सेवा प्रदान हुने छ भने स्वास्थ्य संस्थामा समेत खोप लगाउन सकिने निमित्त कार्यालय प्रमुख खड्काले बताए । त्यस्तै उक्त खोप अभियान गौमुल, बुढीगंगा र त्रिवेणीमा माघ २७ गतेबाट, स्वामीकार्तिक खापर, जगन्नाथ, बडीमालिका, खप्तड छेडेदहमा २८ गतेबाट र हिमालीमा २९ गतेबाट सञ्चालन हुने छ ।
किशोरीहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अत्यन्तै प्रभावकारी भएकाले यस अभियानलाई विशेष प्राथमिकता दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत बर्ष जिल्लाभर ९८ प्रतिशत किशोरीहरुलाई एचपिभी खोप दिइएको थियो । यो वषै सतप्रतिसत किशोरलिाई खोप लगाईने लक्ष रहेको वताईएको छ। खोप लगाउनु पुर्व एकिन तथ्यांक ल्याउन विद्यालय लगायत सम्वन्धित स्वास्थ्य शाखाबाट हेड काउन्ट गर्नुपर्ने सरोकारवालको भनाई छ ।
नेपालमा हरेक वर्ष २१६९ महिलाको पाठेघरको मुखको क्यान्सर हुने गरेको । हरेक वर्ष १३१३जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यू हुने गरेको तथ्यांक सार्वजनिक गरिएको थियो । महिलामा हुने क्यान्सरहरु मध्ये पाठेघरको मुखमा हुने क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यू हुने दोस्रो मुख्य कारण रहेको वताइएको छ । पाठेघरको मुखको क्यान्सर भएमा देखिने लक्षणहरुमा यौन सम्पर्क पछि योनीबाट रगत आउने ।
तल्लोपेट दुख्ने । योनी गनाउन, पानी बग्ने। योनीबाट अनियन्त्रितरुपमा पानी बग्ने । क्षेण क्षेणमा पिसाव बग्ने र कमजोर हुने जस्ता लक्षेण देखापर्छन् विषयविज्ञले बताए ।
बाजुराका महिलाहरु विगत देखि पाठेघर खस्ने रोगबाट ग्रसित छन्। विशेषगरी पाठेघरको मुखमा लाग्ने क्यान्सर बाट ३० देखि पचास वर्ष उमेर समुहका महिलामा बढि देखिएको छ । विरामी र मृत्यूदर घटाउन यो अभियान देशभर सञ्चालन गरिएको छ। ११५० डलर भन्दा कम प्रति ब्यक्ती आय भएका गरिव विपन्न नागरिकलाई निशुल्क खोप लगाइन्छ ।
बाजुरामा पनि यो खोप निशुल्क लगाईने गरेको छ। यहि खोपलाई काण्माण्डौं शहरवजारमा किनेर लगाउनु पर्दा एक भ्याक्सीनको आठ नौ हजार पर्छ शसस्त्र प्रहरीवल बाजुराका पमुख प्रहरी नायव उपरिक्षक खडकवहादुर शाहीले भने । बाजुरा जस्तो जिल्लामा एचपिभि खोपबाट कोही पनि वञ्चित नहुन उनको आग्रह थियो ।
त्यसैगरी सोमबार जिल्ला सदरमुकाम मार्तडीमा जिल्ला समन्वय समिति प्मुख तुल्सीराम रोकायाको अध्यक्षतामा नियमित खोपमा विद्यालय केन्द्रित एचपिभी खोप अभियान सम्बन्धी खोप समन्वय समिति र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय बाजुराको आयोजना र विश्व स्वास्थ्य संगठन युनिसेफको सहयोगमा बाजुराका किशोरीलाई निशुल्क खोप लगाईने छ सम्बन्धित सबै किशोरीलार्य उपस्थित गराई दिनुहोला स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख खड्काले भने ।











प्रतिक्रिया