काठमाडौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को चुनावी अभियानमा सहभागी हुने क्रममा अछाममा अचानक बेहोश भएर ढलेपछि काठमाडौं ल्याइएका चलचित्र पत्रकार संघ नेपालका निर्वतमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ।
उनको उपचार चलिरहेको टोखास्थित ग्राण्डी इन्टरनेशनल अस्पतालले उनको निधन भएको जानकारी आईतवार दिउँसो गरेको हो। अहिले अस्पताल परिसरमा उनको परिवारजन, आफन्त, चलचित्र पत्रकार तथा शुभेच्छुकहरूको उपस्थिति रहेको छ।
अन्तीम श्रदान्जली ब्यक्त गर्नका लागि दिउँसो २.३० देखि ३:०० बजेसम्म उनकोे पार्थिव शरीर चलचित्र विकास बोर्डमा राखिने भएको छ।
गत शुक्रवार बिहान अछामस्थित रास्वपा नेता तथा अछाम – २ का प्रतिनिधिसभा उमेद्वार भुपदेब शाहकोे घरमा चिया पिउने क्रममा चिसो भएपछि गाडीबाट टोपी निकालेर पहिरनका लागि ३ पटक टोपी टक्टक्याउदै गर्दा उनी अचानक बेहोस भएर ढलेका थिए।
अछामममा अचानक ढलेर बेहोश भएरपछि उनलाई स्थानिय जिल्ला अस्पताल लागिएको थियो। सो अस्पतालका चिकित्सकले टाउकोमा रगत जमेको पाईएकाले सुर्खेत अस्पताल लैजान रेफर गरेको थियो।
स्थानिय जिल्ला अधिकारीले सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मगाई उनलाई काठमाडौं पठाएका थिए।
सिटौलाको परिवारमा बुवा, २ दिदी, १ दाई र १ भाइ रहेका छन्।











प्रतिक्रिया