अछाममा अचानक ढलेका सिटौलाको स्वास्थ्य अवस्था चिन्ताजनक


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को चुनावी अभियानमा सहभागी हुने क्रममा अछाममा अचानक बेहोस भएर ढलेपछि काठमाडौं ल्याइएका चलचित्र पत्रकार संघ नेपालका निर्वतमान अध्यक्ष दिनेश सिटौलाको स्वास्थ्य अवस्था चिन्ताजनक हुन पुगेको छ।

बालेन टिमका अनुसार शुक्रबार बिहान अछामस्थित रास्वपा नेता तथा अछाम – २ का प्रतिनिधिसभा उम्मेद्वार भुपदेव शाहकोे घरमा चिया पिउने क्रममा चिसो भएपछि गाडीबाट टोपी निकालेर पहिरनका लागि ३ पटक टोपी टक्टक्याउ“दै गर्दा उनी अचानक बेहोस भएर ढलेका थिए। अछामममा अचानक ढलेर बेहोस भएपछि उनलाई स्थानीय जिल्ला अस्पताल पु¥याइएको थियो। सो अस्पतालका चिकित्सकले टाउकामा रगत जमेको पाइएकाले सुर्खेत अस्पताल लैजान रेफर गरेका थिए। स्थानीय जिल्ला अधिकारीले सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मगाई उनलाई काठमाडौं पठाएका थिए।

काठमाडौं ल्याई टोखास्थित ग्रायाण्डी अस्पतालमा भेन्टिलेटर कक्षमा उपचार भइरहेको ४४ वर्षीय उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकहरूले परिवारलाई जानकारी गराएका छन्। दिनेशलाई स्ट्रोक भएको पाइएको चिकित्सकले परिवारलाई जानकारी गराएका छन्। भर्ना गरेदेखि नै पत्रकार,कलाकर्मी, रास्वपा नेता तथा कार्यकर्ता उनकोे स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगिरहेका छन्। त्यसै गरी रास्वपाका वरिष्ठ नेता बालेन जुम्लाको चुनावी प्रचार स्थगित गरी शनिबार उनलाई भेट्न अस्पताल पुगेका थिए।