मायाको गाउँको जिन्दगी त


प्रेमकथाको फिल्म मायाको गाउँमा समावेश सबले भन्छन् जिन्दगी त बोलको गीत सार्वजनिक गरिएको छ।
प्रोसेस पाण्डेको स्वर, अनिल खनालको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियोमा त्रिविक्रम सिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, विनयराज पौडेललगायतका कलाकारले अभिनय गरेका छन्। पछिल्लो समय टिकटकमा छाइरहेको गीतको भिडियो सोमबार साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याइएको हो। राजु गिरीले कोरियोग्राफी गरेको गीतमा प्रेम सम्बन्ध,धोका र पीडाको भाव प्रस्तुत गरिएको छ।

कमला फिल्मस् टिमको निर्देशन रहेको फिल्ममा त्रिविक्रम सिंह राणा, शीतल केसी, नारायण पराजुली, ओसिन भट्टराई ,सरु कार्की, अम्बिका थापा, लक्ष्मीनाथ तिमिल्सिना, रमेश अधिकारी, माधव खनाल, किमजोङ बोस, हरिबहादुर घर्ती मगर, रीतिका मगर, कृष्ण गदाललगायतका कलाकारले अभिनय गरेका छन्। कमला पराजुलीद्वारा निर्मित फिल्ममा छाया“कन रामेश्वर हुमागाई“ र सम्पादन श्याम रानाको रहेको छ। फिल्म २०८३ सालको सुरुवातीमा दर्शकमाझ ल्याउने तयारी गरिएको निर्मात्री पराजुलीले जानकारी गराएकी छन्।