लोकप्रिय लोक गायिका विष्णु माझीको गीत दुधै फाटेसी सार्वजनिक गरिएको छ।
राजनराज शिवाकोटीको शब्द रचना र संगीत रहेको गीतमा विष्णुलाई गायनमा राजनले नै साथ दिएका छन्। गीतमा श्यामश्वेत रसाइलीको एरेन्जमेन्ट रहेको छ।
यो गीत केही वर्ष अगाडि सार्वजनिक भइसकेको गीतको नया“ भर्सन हो। गीतको पुरानो भर्सनमा विष्णु माझी र राजु परियारको स्वर थियो भने बीबी अनुरागीको एरेन्जमेन्ट रहेको थियो। यो गीतलाई राजनराज शिवाकोटीले नया“ शैलीमा तयार पारेका हुन्।
गीतको भिडियो मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको छ। भिडियोमा राजनराज शिवाकोटी, सुनिशा बजगाई, प्रभात पल ठकुरी र जुना विश्वकर्मालाई फिचरिङ गरिएको छ। पवन सुस्लिङको छाया“कन र सम्पादन रहेको भिडियो गज्जबको टिभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।











प्रतिक्रिया