तीन महान् हिन्दी साहित्यकारको कृतित्वमाथि छलफल गर्दै हिन्दी साहित्य उत्सव सम्पन्न


काठमाडौँ
भारतीय दूतावासको आयोजनामा न्यू रोडस्थित नेपाल-भारत पुस्तकालयमा शनिबार हिन्दी साहित्य उत्सव कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हिन्दी साहित्यका तीन महान् स्रष्टा जयशंकर प्रसाद, मोहन राकेश पाण्डेय र गोपाल दास नीरजको व्यक्तित्व र कृतित्वमाथि चर्चापरिचर्चा गरिएको थियो।


कार्यक्रममा डी.ए.भी. स्कूलकी शिक्षिका कविता सापकोटाले जयशंकर प्रसादको साहित्यिक योगदानबारेमा प्रकाश पारेकी थिइन । त्यसैगरी मोहन राकेश पाण्डेय र गोपाल दास नीरजका कृतिमाथि केन्द्रीय विद्यालय, काठमाडौँकी शिक्षिका अमृता शर्मा तथा शिक्षक एम।एस। कुमारस्वामीले विस्तृत रूपमा प्रकाश पारेका थिए।


कार्यक्रममा केन्द्रीय विद्यालयकी छात्रा ऐश्वर्या कोचर, संस्कृति गौतम र अवनि अग्रवालले सम्बन्धित साहित्यकारका रचनाहरूको सजीव वाचन गरेका थिए। त्यस्तै डी.ए.भी. स्कूलकी छात्रा सृष्टि र सायंतिका माझीले मोहन राकेश पाण्डेय र गोपाल दास नीरजका कविताहरू वाचन गरी श्रोताहरूलाई मन्त्रमुग्ध बनाए।


केन्द्रीय विद्यालय, भारतीय राजदूतावास काठमाडौँका प्राचार्य ए. जेराल्डले अतिथि वक्ताहरूलाई नेपालको परम्परागत अंगवस्त्र खादा प्रदान गरी सम्मान गरेका थिए भने कार्यक्रमको सञ्चालन केन्द्रीय विद्यालय काठमाडौँका वरिष्ठ शिक्षक डा. आनन्द कुमार त्रिपाठीले गरेका थिए।


कार्यक्रमको शुभारम्भ केन्द्रीय विद्यालयका शिक्षक नरपत चौहानद्वारा प्रस्तुत गुरु वन्दनाबाट गरिएको थियो। समारोहको अध्यक्षता त्रिभुवन विश्वविद्यालय, हिन्दी विभागका प्राध्यापक डा. विनोद कुमार विश्वकर्माले गरेका थिए।


कार्यक्रममा विभिन्न शैक्षिक तथा साहित्यिक संस्थाका प्रतिनिधि र साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो। उपस्थित गणमान्य व्यक्तिहरूमा प्रो. अरविन्द कुमार महापात्र, इम्तियाज वफा, जी.एन. सरस्वती, कुसुम, अल्फा रेजी, कमल कान्त, डी.पी. दास, स्मृति, अनिल कुमार, सत्यव्रत शर्मा, प्रकाश सापकोटा र जटाशंकर झा लगायत रहेका थिए।
कार्यक्रमका भारतीय दूतावासका अताशे (राजभाषा) डा. धनेश द्विवेदीले वक्ता, सहभागी र उपस्थित सबैप्रति धन्यवाद व्यक्त गरे।