काठमाडौ ।
काठमाडौँमा राष्ट्रिय जनमोर्चाको निर्वाचन केन्द्रित तयारी भेला सम्पन्न भएको छ। शनिबार राजमो केन्द्रीय कार्यालय भवनको सभाकक्षमा सम्पन्न भेलाले निमबहादुर बुढाथोकी संयोजक रहेको १३ सदस्यीय चुनाव परिचालन मूल समिति गठन गरेको छ।
त्यस्तै भेलाले झबिन्द्र बेलबासे संयोजक रहेको ३०१ सदस्यीय प्रचार–प्रसार समिति गठन गर्नुका साथै काठमाडौँका छ वटै निर्वाचन क्षेत्रस्तरीय प्रचार–प्रसार समिति पनि गठन गरेको छ।
भेलाले माघ २० गतेदेखि फागुन ३ गतेसम्म घरदैलो कार्यक्रम र फागुन ४ गतेदेखि १८ गतेसम्म खुल्ला प्रचार–प्रसार गर्ने निर्णय गरेको छ।
राजमोले काठमाडौँ क्षेत्र नं. ४ मा छवि खनाल, ५ मा अशोकविक्रम सिंह (समीर सिंह), ६ मा जगत रेग्मी, ७ मा दीर्घकुमार श्रेष्ठ, ९ मा रोशन दानी र १० मा अमर पौडेललाई उम्मेदवार बनाएको छ।











प्रतिक्रिया