काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को चुनावी अभियानका क्रममा अछाममा अचानक बेहोश भएर ढलेपछि काठमाडौं ल्याइएका चलचित्र पत्रकार संघका निर्वतमान अध्यक्ष दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भिर हुन पुगेको छ।
बालेन टिमका अनुसार शुक्रवार बिहान अछाममा कुमार बेनहरुका साथमा चिया पिउने क्रममा चिसो छल्न नजिकै रहेको गाडीबाट टोपी निकाली पहिरनका लागि ३ पटक टोपी टक्टक्याउंदै गर्दा उनी अचानक बेहोस भएर ढलेका थिए। अछामममा अचानक बेहोश भएर ढलेपछि उनलाई स्थानिय अस्पताल पु¥याइएको थियो।
चिकित्सकले टाउको रगत जमेको पाईएकाले सुर्खेत अस्पताल लैजान रेफर गरेपछि स्थानिय जिल्ला अधिकारीले सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मगाई काठमाडौं पठाएका थिए। हाल टोखास्थित ग्रयाण्डी अस्पतालमा भेन्टिलेटर कक्षमा उपचार भइरहेको उनको स्वास्थ्य अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराएका छन्।
उनलाई स्ट्रोक भएको पाइएको चिकित्सकले जानकारी गराएका छन्। भर्ना गरेदेखि नै रास्वपा नेता र कार्यकर्ता तथा पत्रकारहरु उनलाई भेट्न अस्पताल पुगिरहेका छन् भने रास्वपा नेता बालेन केही समयअघि मात्र अस्पताल पुगेका छन्।











प्रतिक्रिया