शहीद दिवसमा माथेमा सामाजिक गुठीद्वारा रक्तदान तथा स्वास्थ्य परीक्षण


काठमाडौं ।

सहिद दिवस तथा सहिद धर्मभक्त माथेमाको ८६ औं सहादत प्राप्त गरेको वार्षिकोत्सवको अवसरमा काठमाडौँस्थित माथेमा सामाजिक गुठीले रक्तदान तथा नि:शुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । 

यंगालस्थित धर्मभक्त माथेमा पार्कमा शुक्रबार आयोजित उक्त कार्यक्रममा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । प्रजातन्त्र स्थापनाका लागि आफ्नो प्राण आहुति दिने महान् सहिद माथेमाको स्मृतिमा आयोजना गरिएको यस कार्यक्रममा २० जनाले रक्तदान तथा ६८ जना स्थानीय नागरिकले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।

माघ १६ गतेको ऐतिहासिक सन्दर्भ पारेर बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म चलेको उक्त शिविरमा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले शहीदको बलिदानलाई स्मरण गर्दै यस्ता सामाजिक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका गरे ।
 गुठीका अध्यक्ष नरेश रामभक्त माथेमाले प्रत्येक वर्ष सहिद माथेमाको योगदानलाई सम्मान गर्दै विभिन्न सामाजिक र सेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको जानकारी गराए ।