चुनाव अवधिभर आवश्यक चाहिने सामाग्री वितरण,व्यवस्थापन गर्ने र नेता कार्यकर्ता खटनपटनको तालिका पनि सचिवालयबाट व्यवस्थापन गरिने
बझाङ।
आगामी फागुन २१ गते हुन गैरहेकाे प्रतिनिधिसभा सदस्य पदको निर्वाचन परिचालन तथा ब्यावस्थापनका लागि नेपाली काँग्रेस बझाङले सदरमुकाम चैनपुरमा उम्मेदवारकाे सचिवालय उद्घाटन गरेको छ । नेपाली काँग्रेसका पार्टी सभापति खड्का बहादुर बाेहराले रिवन काटेर सचिवालय उद्घाटन गरेका हुन् ।

साथै नेपाली काँग्रेसका केन्द्रीय सदस्य जगतप्रसाद जाेशीले पानसमा बत्ती बालेर कार्यालयकाे सुभारम्भ गरेका थिए ।
सचिवालय उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता अभिषेक बहादुर सिंह पाटीका पधादिकारीहरूलगायत नेता कार्यकर्ताहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । सदरमुकाम चैनपुरकाे सुर्मादेवी टाेल नजिकै एउटा भाडाको घरमा सचिवालय स्थापना गरेको छ ।
सचिवालयमा सदस्य सचिवका रूपमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मुकेश धामी रहने गरी चुनाव अवधिभर आवश्यक चाहिने सामाग्री वितरण गर्ने,व्यवस्थापन गर्ने र नेता कार्यकर्ता खटनपटनको तालिका पनि सचिवालय बाट व्यवस्थापन गरिने छ ।

शुक्रबार उद्घाटन भएको सचिवालयमा नेपाली काँग्रेस पार्टीका उम्मेदवार प्रकाश रसाइली स्नेही संग पत्रकार सम्मेलन पनि गरिएकाे थियाे । साथै आज नै नेपाली काँग्रेसले उम्मेदवारसहितकाे चुनावी प्रचार-प्रसार कार्यक्रमकाे पनि तालिका सार्वजनिक गरेको छ ।
पार्टीको सचिवालयले जानकारी दिए अनुसार माघ १७ गते देखि फागुन ३ गते सम्म जिल्ला भरी प्रचारप्रसार अभियानमा जाने कार्यक्रम रहेकाे नेपाली काँग्रेसका प्रवक्ता रमानन्द जाेशीले जानकारी दिएका छन् । साथै सचिवालयले विभिन्न उपसमितिहरू बनाएर पनि प्रचार प्रसारमा लाग्ने बताएका छन् ।











प्रतिक्रिया