एम बरालका ३ गीत एकसाथ सार्वजनिक


लोकप्रिय गायक यम बरालद्वारा स्वरबद्ध ३ गीत एकसाथ हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।
गायक बरालद्वारा स्वरबद्ध यो सा“झ फेरि, जून र सुनको तथा टेण्डर माया बोलका गीत प्रमुख अतिथि ख्यातिप्रँप्त हास्यव्यंग्यकार, गायक तथा संगीतकार मदनकृष्ण श्रेष्ठ, संगीतकार तथा प्राध्यापक दीपक जंगम, निर्देशक तथा कलाकार दीपाश्री निरौला, पत्रकार ऋषि धमलालगायतले भिडियोसहित सार्वजनिक गरेका हुन्।

सार्वजनिक गीतमध्ये यो सा“झ फेरिमा राखी गौचनको शब्द रचना र शंकर थापा ‘स्माइल’ को संगीत रहेको छ। गीतको भिडियोमा केशवराज भट्टको निर्देशन, अमन बडुको छाया“कन, राकेश दाहालको सम्पादन तथा जुना कार्की र गायक बरालको अभिनय रहेको छ। अर्को गीत जून र सुनकोमा सञ्जय बरालको शब्द रचना र विकास चौधरीको संगीत रहेको छ। यो गीतको भिडियो गीतकार बरालले नै निर्देशन गरेका छन् भने गायक बराल, श्री थपलिया, सुरेन पौडेल र नारायण प्रधान सैजुले अभिनय गरेको भिडियोमा विक्रम डिसीको छाया“कन र विकाश धमलाको सम्पादन रहेको छ।

अर्को गीत टेण्डर मायामा पनि सञ्जय बरालकै शब्द रचना र विकास चौधरीको संगीत रहेको छ। नितिन चन्दले निर्देशन गरेको भिडियोमा सन्दिपा गौतम, नविन महतरा क्षेत्री, रशिला श्रेष्ठ र गायक बराल स्वयम्ले अभिनय गरेका छन्। नमित चन्द ठकुरी एसोसियट निर्देशक रहेको भिडियोमा मनोज केसीको छाया“कन र शुकुन तिमल्सिनाको सम्पादन रहेको छ।

कार्यक्रममा गायक बरालले लामो समयपछि आफू मूलधारको संगीतमा फर्किएको बताए। ३५ वर्ष देखि निरन्तर संगीतमा सक्रिय गायक बरालले आफू फण्डामा भन्दा साधनामा रम्न चाहने गायक भएको र आफूले जानेको भनेकै संगीत मात्र भएकाले निरन्तर संगीतकर्ममै सक्रिय रहिरहेको बताए। संगीतकार स्माइलले गायक बरालको गायकीको प्रशंसा गरे। प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले आफूलाई मन पर्ने स्वरमध्येको एक यम बरालको भएको बताए।

श्रीमतीलाई गुमाएपछि आफू प्रायः भावुक रहने गरेको खुलाउ“दै उनले गायक बरालका गीतले आप्mनो मन भुलाएको प्रतिक्रिया दिए। संगीतकार दीपक जंगमले सार्वजनिक गीतका विभिन्न आयामबारे चर्चा गरे। पत्रकार ऋषि धमलाले बरालको सांगीतिक योगदानको चर्चा गरे। कलाकार तथा निर्देशक दीपाश्री निरौलाले यम बरालको गायकीको तारिफ गरिन्।