निर्मात्री तथा निर्देशक कृषा चौलागाईको निर्देशनमा निर्माण हुने फिल्म पारसका लागि अभिनेत्री जसिता गुरुङलाई अनुबन्धित गरिएको छ।
यसअघि अभिनेता निखिल उप्रेतीलाई अनुबन्धित गरिएको थियो। अब फिल्ममा जसिताको अपोजिटमा निखिल उप्रेती हुनेछन्। एक्सन तथा सामाजिक कथामा आधारित फिल्ममा फिल्मको कथाअनुसार नै कलाकार फाइनल गरिरहेको निर्मात्री तथा निर्देशक चौलागाई“ले जानकारी गराइन्।
केपी फिल्म्स्को ब्यानरमा निर्माण हुने फिल्म भारतीय पटकथाकार सचिन लादियाले लेखेका छन्। फिल्ममा छाया“कन निर्देशन पुरुषोत्तम प्रधानको रहनेछ। कृषाले यसअघि ऐ“चो पै“चो र पिताम्बर नामका फिल्म निर्देशन गरिसकेकी छन्। फिल्म आगामी फागुनबाट सुटिङ प्mलोरमा जाने निर्माण पक्षको तयारी छ।











प्रतिक्रिया