नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा राजधानीमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल हुने भएको छ।
आज शुक्रवारदेखि १८ गतेसम्म चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा हुने महोत्सवमा ३९ देशका ८५ फिल्म प्रदर्शन हुने भएका छन्।
महोत्सवमा ७५ भन्दा बढी देशबाट प्राप्त ७ सय फिल्ममध्येबाट ५२ देशका १ सय ३८ फिल्म चयन भएको आयोजकले जानकारी गराएका छन्। यस वर्ष १५ राष्ट्रिय र १५ अन्तर्राष्ट्रिय गरी ३० उत्कृष्ट फिल्मलाई सम्मान गरिने भएको छ।











प्रतिक्रिया