भोेलि शुक्रबार रिलिजमा आउने फिल्म आबाट आमाको राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ।

ट्रेलरमा नेपालको पछिल्लो समसामयिक घटना प्रस्तुत गरिएको छ। नेपालमा कुनै अवसर नपाएपछि भविष्य बनाउन परदेशिन लागेको छोरा र अभिभावकले सन्तानप्रति गरेको मायालाई ट्रेलरमा प्रस्तुत गरिएको छ। जसमा अभिनेत्री विपना थापा आमा बनेकी छन् भने बलिउडका लोकप्रिय कलाकार प्रदीप रावत बुबा बनेका छन्। छोराको भूमिकामा अभिनेता पल शाहलाई प्रस्तुत गरिएको छ। ट्रेलरमा उनीहरूबीचको गहिरो सम्बन्ध महसुस गर्न सकिन्छ। ट्रेलरमा फिल्मका सबै मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ।
फिल्मका निर्देशक चन्द्र पन्तले ग्रामीण परिवेशका आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर कथा बुनेका छन्। बा आमाले परिश्रमले घर बनाउनुभयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौ“ भन्ने फिल्मको श्लोगन बाध्यताले विदेशिएका नेपालीको कथा भन्छ। निर्देशक पन्तकै लेखन तथा पटकथा रहेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, विशाल पहाडी, रवीन्द्र झा, साइग्रेस पोखरेल, सिम्रन पन्त, गजित विष्ट, हेमराज अधिकारी (खनत्या खलास), उषा उप्रेती, दिलीप अखेडालगायतका कलाकारले अभिनय गरेका छन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा ध्रुव न्यौपाने, प्रकाश कु“वर र क्षितिज ढुंगानाद्वारा निर्मित फिल्ममा संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम तथा डिओपी नवराज उप्रेतीको रहेको छ। डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको फिल्ममा कृष्णप्रसाद सुवेदी र ओमकार पन्त कार्यकारी निर्माता रहेका छन्।











प्रतिक्रिया