संगीतमा भावस्पन्दन


गीतकार तथा पत्रकार गीता अधिकारीले जन्मदिनको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीति एल्बम भावस्पन्दन सार्वजनिक गरेकी छिन्।

मिलापको आयोजनामा महाकाव्यकार खेमनाथ दाहालको सभापतित्व तथा गीतकार एवं साहित्यकार अमर वान्तुको प्रमुख आतिथ्यतामा विभिन्न व्यक्तित्वले उनको एल्बम सार्वजनिक गरेका थिए। एल्बममा यतै घमाइलो उतै घमाइलो, बजाउ“दै चुरा, तीजैमा व्रत बसी, श्वास फेरि, छम छम नाचौ“ न, कति सजिलै र माटोको सुगन्ध बोलका ७ गीत संगृहित छन्। गीतमा सारिका घिमिरे, योगशकाजी, शान्तिश्री परियार, सविन सुवेदी र स्मिता प्रधानको स्वर तथा दीपक शर्मा, योगेशकाजी, राजेन्द्र बजगाईं र जीवन शर्माको संगीत रहेको छ।

गीतकार तथा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीले सहजीकरण गरेको कार्यक्रममा मिलापका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राखेको कार्यक्रममा संगीतकार दीपक शर्माले गीताका गीतमा मनोरञ्जनस“गै सन्देश पनि समेटिने बताए। कलाकार रोशनी केसीले गीताको लेखनको प्रशंसक रहेको बताइन्। संगीतकार राजु सिंहले गीताका हरेक सिर्जनालाई नजिकबाट नियाल्दै आएको बताए।