तारा देवीको सम्झनामा सम्मान र सांगीतिक प्रस्तुति


नेपाली संगीत क्षेत्रकी अमर तारा गायिका तारा देवीको स्मृतिमा श्रद्धा, सम्मान र सांगीतिक प्रस्तुतिसहित राजधानीमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ।


तारा देवी स्मृति फाउन्डेसनको आयोजनामा तथा काठमाडौं महानगरपालिकाको सह–आयोजनामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सम्पन्न समारोह तारा देवीको तस्बिरमा माल्यार्पण गर्दै आरम्भ गरिएको थियो। कार्यक्रममा तारा देवीका कालजयी गीत, नेपाली संगीतमा पु¥याएको योगदान तथा व्यक्तित्वमाथि चर्चा गरिएको थियो। समारोहमा विविध सांस्कृतिक तथा सांगीतिक कार्यक्रममार्फत तारा देवीको कला र सिर्जनालाई स्मरण गरिएको थियो।

प्रत्यक्ष संगीत प्रस्तुति क्रममा तारा देवीका सदाबहार गीतहरू गुन्जि“दा कार्यक्रमस्थल भावुक बन्न पुगेको थियो। उनका गीतले दर्शक तथा श्रोतालाई भावनात्मक बनाएको थियो भने नया“ पुस्ताले पनि उनको संगीतको गहिरो प्रभाव अनुभूति गरेका थिए।
समारोहमा विशेष अतिथिहरू गीतकार किरण खरेल, संगीतकार दीपक जंगम तथा संगीतकर्मी एवं काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यलगायतले तारा देवी नेपाली संगीतको इतिहासमा कहिल्यै नमेटिने नाम भएको चर्चा गर्दै उनको योगदान सधै“ स्मरणीय रहने बताए।

कार्यक्रममा नेपाली गीतसंगीतको विकासमा उल्लेखनीय योगदान पु¥याएवापत विभिन्न कलाकर्मीलाई सम्मान गरिएको थियो। कार्यक्रममा गीतकार माधवप्रसाद खनाल, संगीतकार स्व. शिवशंकर मानन्धर तथा गायिका एवं संगीतकार संगीता राना प्रधानलाई सम्मान गरिएको थिययो। सम्मान ग्रहण गर्दै कलाकर्मीहरूले तारा देवीजस्ता महान् कलाकारको स्मृतिमा आयोजना गरिने कार्यक्रमले नेपाली संगीतको गरिमा अझ उचो बनाउने विश्वास व्यक्त गरेका थिए।

आयोजक संस्था तारा देवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसीले तारा देवी नेपाली संगीतकी प्रेरणादायी हस्ती भएको चर्चा गर्दै उनका गीत, स्वर र योगदान सदैव स्मरणीय रहने बताए। यस्ता कार्यक्रमले पुराना स्रष्टाको योगदानलाई उजागर गर्नुका साथै नया“ पुस्तालाई नेपाली गीतसंगीतप्रति आकर्षित र प्रेरित गर्ने विश्वाससमेत उनले व्यक्त गरे।