काठमाडौँ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्तालाइ सीईओ क्लब सदस्य सम्मान गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य हुनु भएका ३०० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं कोशी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्तालाई सम्मान गरेको हो ।
उक्त सम्मान कार्यक्रममा सहभागी अभिकर्तालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सीईओे क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए । साथै सो प्रदेशबाट आफ्नो कोडमा र संजालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।











प्रतिक्रिया