कलेज अफ मास कम्युनिकेशन र विलक्षण क्रियशनको संयुक्त आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा सोमबार राजधानीमा सम्पन्न १४औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेष्टिवलको नेपाल पानारोमाअन्र्तगत नीर शाह र सुरक्षा पन्त उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड चुम्न सफल भएका छन्।
अभिनेता फिल्म परान र अभिनेत्री कोशेढुंगाबाट अवार्ड चुम्न सफल भएका हुन्। नेपाल पानारोमाअन्र्तगत फिल्म अञ्जिलाले उत्कृष्ट फिल्मसहित ४ विधामा अवार्ड प्राप्त गरेको छ। अञ्जिलाबाट मिलन चाम्सले उत्कृष्ट निर्देशक, मञ्जु श्रेष्ठले सहअभिनेत्री र थानेश्वर गौतमले फिल्ममा समावेश रात किन हुन्छ गीतबाट संगीतकारको अवार्ड प्राप्त गरेका छन्। फेस्टिवलमा कोशेढुंगालाई स्पेशल मेन्सन फिल्म अवार्ड प्रदान गरियो भने सोही फिल्मबाट नायक आर्यन सिग्देलले सह–अभिनेता र मञ्जिल कुमारले नव अभिनेताको अवार्ड प्राप्त गरेका छन्।
परानलाई जुरी अवार्ड र यसका निर्देशक दीपकप्रसाद आचार्य (काकु) लाई नव निर्देशकको अवार्ड प्रदान गरिएको छ। त्यसै गरी फिल्म यो मन त मेरो नेपाली होबाट रोशन श्रेष्ठले स्पेशल मेन्सन अवार्ड, माग्ने राजाको गीत त्यो मिठो जोवनबाट सविन सुवेदीले गायनको अवार्ड प्रँप्त गरेका छन्। आदिवासी फिल्मअन्र्तगत नाम ओतीले उत्कृष्ट फिल्मसहित ३ विधामा अवार्ड प्र्राप्त गरेको छ।
उक्त फिल्मबाट दिलीप फुरुम्बोले निर्देशक, पूर्ण बहादुर लिम्बुले स्पेशल मेन्सन अवार्ड, सेमेक्वांबाट रुद्र पाहिमले नायक, छोटो फिल्मतर्फ भुवाबाट सौगात विष्टले फिल्म र गजित विष्टले अभिनेता, अन्तर्वार्ताबाट प्रशन्न मालीले उत्कृष्ट विद्यार्थी फिल्म र अरिंगाल म्यानबाट भीमलाल श्रेष्ठले डकुमेण्ट्री फिल्मको अवार्ड पाए।
इन्टरनेशनल पानारोम अन्तर्गत इजिप्टको द मंकीले बेष्ट अफ्रिकन फिल्म, बंगलादेशको मेमोरिज अफ ग्लोमी मनसुनले इन्टरनेशनल फिचर फिल्म, भारतको ब्ल्यूले इन्टनेशनल सर्ट फिल्म, युक्रेनको नट स्ड्युलेड अर फाइटिङ टु लर्नले इन्टरनेशनल डकुमेण्ट्री फिल्म, बंगलादेशको लेटर अफ द फलेन लिभ्स्ले इन्टरनेशनल फिमेल फिल्म र बंगलादेशको नो डाइसले स्पेशल मेन्सन सर्ट फिल्मको अवार्ड पाएको छ।
फेष्टिवलमा नेशनल पानारोमाअन्र्तगत २० र इन्टरनेशनल पानारोमाअन्र्तगत ६ गरी कुल २६ विधामा अवार्ड प्रदान गरिएको थियो। नेपालसहित २० देशका फिल्म सहभागी फेष्टिवलमा फिचर, सर्ट र डकुमेण्ट्री गरी २० स्वदेशी र २३ विदेशी फिल्म सहभागी थिए।











प्रतिक्रिया