अर्घाखाँचीकोे धार्मिक तथा पर्यटकीय महत्वको मालारानी क्षेत्रको पहिचान उजागर गर्ने भजन मालारानी सार्वजनिक गरिएको छ।
गायक मोतिराज खनाल र गायिका सुनितामी परियारको स्वर रहेको भजनमा शब्द रचना र संगीत मोतिराज खनालकै रहेको छ। महेन्द्र भण्डारीको संगीत संयोजन रहेको भजन सुमन खनालको परिकल्पनामा तयार पारिएको हो।
मालारानी गाउ“पालिकाको सहयोगमा निर्माण गरिएको भजनको भिडियोमा कलाकारहरू शूरवीर पण्डित, शर्मिला शर्मा र सुस्मिता बुढाथोकीले सशक्त अभिनय गरेका छन्।
भिडियोको निर्देशन सुरज खनालले गरेका छन्। मालारानी क्षेत्रको धार्मिक महत्व, सांस्कृतिक पहिचान र प्राकृतिक सुन्दरतालाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियो सम्पादन विनोद बोमले गरेका छन्।











प्रतिक्रिया