परिवर्तन आजबाट देशभर


एक्सनमय फिल्म परिवर्तन आज शुक्रबारबाट अल नेपाल रिलिजमा आउने भएको छ। फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं र बाहिर गरी ३२ शो दिएको छ।

दोस्रो ठूलो चेन आईएनआईले १५ शो उपलब्ध गराएको छ भने वान सिनेमाले ९, एफक्यूबले ४ र बिग मुभिजले ३ शो बुकिङ खुलाएको छ। फिल्मले देशभरबाट एक सयभन्दा बढी शो पाएको छ।

दिव्यासी फिल्म्स्को ब्यानरमा विजय केरुङद्वारा निर्देशित तथा दीपक सिवाकोटीद्वारा निर्मित फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायतले मुख्य भूमिकामा अभिनय गरेका छन्।

निर्माता सिवाकोटीकै कथा रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा र संवाद, एसडी योगीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र बन्देप्रसादको सम्पादन रहेको छ।