सासूको किरिया कर्म गर्दै कलाकार केसी


कलाकार तथा निर्देशक विनोद केसीले सासूआमाको किरिया कर्ममा गरिरहेका छन्।
बुधबार ९९ वर्षको उमेरमा सासू लक्ष्मीदेवी अधिकारीको निधन भएपछि ससुराली पक्षबाट काजकिरिया बस्ने कोही नभएकाले आफू नै किरियाकर्ममा बसेको विनोदले बताए। ‘ज्वाइ“ले किरिया बस्ने चलन थियो कि थिएन थाहा छैन। तर उहा“को किरिया कर्म गर्ने कोही नभएकाले म स्वयं किरियामा बसेको हु“’ उनले भने।

म्युजिक भिडियो र वृत्तचित्र निर्देशन तथा फिल्म, टेलिफिल्म र म्युजिक भिडियोमा अभिनय गर्दै आएका विनोदले सासूको किरिया गरेर वास्तविक उदाहरणीय कार्य प्रस्तुत गरेका छन्। नेपाली समाजमा किरिया गर्न छोरा नै चाहिन्छ भन्ने परम्परागत मान्यता रह“दै आएको सन्दर्भमा उनले ज्वाइ“ भएर सासूको किरिया बसेर सामाजिक सन्देश दिएका छन्। पछिल्लो समय उनी फिल्म आई एम जितबहादुरमा अनुबन्धित भए पनि सासूआमाको निधनका कारण उनले फिल्म छायाकंनलाई स्थगित गरेका छन्।