ब्रुस लिउङ रहेनन्


विश्वप्रसिद्ध मार्सल आर्ट कलाकार तथा अभिनेता ब्रुस लिउङको ७७ वर्षको उमेरमा निधन भएको छ। हङकङ फिल्म उद्योगका अनुभवी कलाकार उनी सिउ लुङ नामले पनि परिचित थिए।

उनको निधन जनवरी १४ मा भएको पारिवारिक स्रोेतलाई उद्धृत गर्दै एजेन्सीले जनाएको छ। मृत्युको कारण सार्वजनिक नगरिए पनि उनको अन्तिम संस्कार जनवरी २६ मा चीनको सेनझेनमा गर्ने तयारी गरिएको छ।

सन् २००४ मा रिलिज चर्चित फिल्म कुङ फु हसलमा द बिस्टको दमदार भूमिकामार्फत उनी नया“ पुस्तामाझ फेरि चर्चामा आएका थिए। उनको निधनपछि विश्वभरका कलाकार तथा प्रशंसकले दुःख व्यक्त गरेका छन्। लिउङको आधिकारिक सामाजिक सञ्जाल खातामा पोस्ट गरिएको भावुक सन्देशमा उनलाई टाढाको फिल्म सुटिङ यात्रामा गएको रूपमा स्मरण गर्न आग्रह गरिएको छ।

कुङ फु हसलका निर्देशक स्टिफन चाउले उनलाई असाधारण कलाकार भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन् भने एक्सन स्टार ज्याकी चेनले लिउङलाई मार्सल आर्ट फिल्म विधाको महान गुरुको रूपमा सम्झिएका छन्। ज्याकी चेनले उनको सीप, अनुशासन र योगदान सधै“ प्रेरणाको स्रोत रहने जनाएका छन्।

१९७० र ८० को दशकमा मार्सल आर्ट फिल्म क्षेत्रमा विशेष प्रभाव जमाएका लिउङले द ड्रयागन लिभ्स अगेन र म्याग्निफिसेन्ट बडीगाड्र्सजस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए। ब्रुस लीको निधनपछि विकसित ब्रुसप्लोइटेशन धाराका प्रमुख प्रतिनिधिमध्ये उनी एक मानिन्छन्। साथै, टेलिभिजन कार्यक्रम द लेजेन्डरी फोकमार्फत पनि उनले दर्शकमाझ गहिरो छाप छोडेका थिए।