टेकु अस्पतालको निर्देशकमा डा. अनुप


काठमाडौं ।

सरकारले सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) को कार्यकारी निर्देशकमा डा. अनुप बाँस्तोलालाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले गत माघ ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै डा. बाँस्तोलालाई सो जिम्मेवारी दिनुभएको हो ।

निर्वाचन आचारसंहिता लागू हुनुभन्दा ठीक एक दिनअगाडि यो नियुक्ति प्रक्रिया टुंगो लगाइएको मन्त्रालय स्रोतले जनाएको छ । निर्णय माघ ४ गते नै भए पनि नियुक्ति पत्र भने केही ढिला गरी तयार पारिएको थियो । मन्त्रालयका एक अधिकारीका अनुसार आचारसंहिता लाग्नुअगावै निर्णय भएको हो, प्रशासनिक प्रक्रियाका कारण पत्र हिजोमात्रै जारी भएको हो ।
यसअघि टेकु अस्पतालको निर्देशकको भूमिकामा डा. युवानिधि बसौला कार्यरत हुनुहुन्थ्यो ।