लोकप्रिय सांगीतिक समूह नेपथ्य ब्याण्ड पहिलोपटक भारतको सिलिगुडीमा गुञ्जिने भएको छ।
भारतमा सञ्चालित नेपाली कम्पनी पीभीई नेटवर्कले आगामी फेब्रुअरी २८ मा नेपथ्य लाइभ सिलिगुडी आयोजना गर्न लागेको हो। कन्सर्ट उत्सोधारा टिष्टा टाउनशिपमा हुनेछ।
उत्तर बंगालको प्रवेशद्वारका रूपमा परिचित सिलिगुडीमा पूर्वी भारत र हिमालयन क्षेत्रका नेपाली संगीतप्रेमीमाझ सांस्कृतिक आदानप्रदानका रूपमा स्थापित गर्न नेपथ्यको कन्सर्ट आयोजना गरिएको आयोजकले जानकारी गराए।
कन्सर्टमा नेपाल र भुटानका दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। त्यस्तै भारतका मुंबई, बेंगलुरु, नया“ दिल्ली, र पूर्वोत्तर क्षेत्रबाट दर्शकले पनि कन्सर्टबारे चासो देखाएका छन्।
नेपथ्यको कार्यक्रमका लागि आयोजकले अर्ली बर्ड टिकटहरू अनलाइनमा उपलब्ध गराएका छन् र ती बिक्री पनि भइसकेका छन्। तीन दशकअघि स्थापित नेपथ्य दक्षिण एसियाका प्रभावशाली ब्यान्डमध्येमा पर्छ। जसको संगीत सामाजिक जनजीवन, आप्रवासन, पहिचान र साझा स्मृतिमा आधारित छ। यसअघि पनि उनीहरूको गीतहरू उत्तर बंगल, सिक्किम, नेपाल र छिमेकी क्षेत्रहरूमा लोकप्रिय भइसकेका छन्। नेपथ्यको यो कन्सर्ट सिलिगुडी संस्करणको इतिहासमा दोस्रो ठूलो टिकटसहितको कन्सर्ट हो। जहा“ यसअघि यस्तै कन्सर्ट अरिजित सिंहले गरेका थिए।
नेपथ्यले नेपालसहित युएई, अस्ट्रेलिया, युरोप, जापान, र अमेरिकामा सयौ“ कन्सर्ट गरिसकेको छ।











प्रतिक्रिया