काठमाडौं ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाको जाँचबुझ गरिरहेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद दोस्रो पटक थप्ने तयारी भएको छ।
प्रतिवेदन लेखनको काम पूरा हुन नसकेकाले आयोगले थप १५–२० दिन समय माग गरेको हो।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार प्रतिवेदन लेखन करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ।
यस विषयमा अन्तिम निर्णय मन्त्रिपरिषद् बैठकबाट हुने सम्भावना छ।











प्रतिक्रिया