ललितपुरकी सुरवी बज्राचार्य

१५औ“ मिस लिटिल नेवाः


नेप्लिज फेसन होमद्वारा सोमबार राजधानीमा सम्पन्न नेवार समुदायका बालिकाहरूबीचको सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा ललितपुरकी सुरवी बज्राचार्यले मिस लिटिल नेवाः ११४५ को उपाधि चुमेकी छन्।

बज्राचार्यले १९ प्रतियोगीलाई पछाडि पार्दै १५ औं मिस लिटिल नेवाः को उपाधि चुमेकी हुन्। उनले प्रमुख उपाधि विजेता भएवापत चम्किलो ताजका साथ नगद २५ हजार रुपैया“सहित विभिन्न पुरस्कार प्राप्त गरेकी छन्। फाइट फर लाइफको सहआयोजनामा सम्पन्न प्रतियोगितामा काठमाडौंको मैतीदेवीकी कृष्टिना महर्जन फस्ट रनर्सअपका साथमा मिस ट्यालेन्ट भएकी छन्। त्यसै गरी कुलेश्वरकी रिपान्सी श्रेष्ठ सेकेण्ड रनर्सअप भएकी छन्। उपविजेता महर्जन र सहविजेता श्रेष्ठले ताजसहित क्रमशः १५ र १० हजार रुपैया“ नगद र विभिन्न उपहार प्राप्त गरेका छन्।

प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको प्रेक्षालयमा सम्पन्न प्रतियोगितामा अर्शिया महर्जन मिस ट्यालेन्ट फस्ट रनर्सअप, प्रिन्सिका शाही मिस ट्यालेन्ट सेकेण्ड रनर्सअप, लिडिया महर्जन बेष्ट नेपालभाषा, रोज्लिन शाक्य बेष्ट ड्रेस, देजला शाक्य सोसल वेयरफेर अम्बेसडर चिफ, सहिना शाक्य सोसल वयरफेर अम्बेसडर फस्ट रनर्सअप र बिदिशा महर्जन सोसल वयरफेर अम्बेसडर सेकेण्ड रनर्सअप उपउपाधि विजेता भएका छन्।

त्यसैगरी क्रिस्टिना खड्गी मिस पर्सनालिटी, आरज्ञा महर्जन मिस कन्फिडेन्ट र बेष्ट स्किन, श्रीषा श्रेष्ठ मिस कल्चर, श्रेया बलामी मिस चार्मिङ, क्रिस्टिना खड्गी मिस फ्रेन्डसिप, निभा डंगोल बेष्ट हेयर र मिस क्युट, संस्था मानन्धर वेष्ट स्माइल, आन्या महर्जन मिस डिसिप्लिन, सचिका महर्जन मिस पब्लिक च्वाइस तथा सफू बज्राचार्य मिस इनोसेन्ट र तस्बिर मिस फोटोजेनिकको उपउपाधि विजेता भएका छन्।

लायन्स क्लब इन्टरनेशनल ३२५ का पूर्व डिस्ट्रिक गभर्नर मनिश्री रत्न बज्राचार्य मुख्य निर्णायक रहेको प्रतियोगितामा अधिवक्ता लक्ष्यमान महर्जन, डा. शिक्षिता श्रेष्ठ, नमुना फेसन कलेजका भाइस प्रिन्सिपल जिवेश्वरलाल श्रेष्ठ, नेवार भाषा प्रशिक्षक राजु नापित र ज्यापू समाज यलका अध्यक्ष शान्तमान महर्जन निर्णायक रहेका थिए।

डा. किशोरराज प्रधानको सभापतित्व, आरडी फाउण्डेशनका अध्यक्ष देवकाजी डंगोलको प्रमुख आतिथ्यता तथा ख्यातिप्राप्त गायिका मिरा राणा र फाइट फर लाइफका अध्यक्ष दिलकुमार महर्जनको विशेष अतिथ्यतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा स्केटिङ खेलबाट नेपाललाई चिनाउन सफल खेलाडी एवं पूर्व मिस लिटल नेवाः ११४१ तथा मिस ट्यालेन्ट नयाना शाक्यलाई सम्मान गरिएको थियो।

प्रतियोगिता मिस नेवाः सकिना महर्जन, प्रलिशा शाक्य र मिस नेवाः सामाजिक कल्याण एम्बासडर चिफ तिमिला महर्जनको कोरियोग्राफी तथा मिस नेवाः कृषा महर्जनको संयोजनमा सम्पन्न भएको थियो। आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार समुदायको भाषा, लिपि, कला र संस्कृति जोगाउने अभियानमा अभिप्रेरित रही नेवार हुनुमा गर्व गराउने उद्देश्यले १५ वर्षदेखि नियमित रूपमा प्रतियोगिता आयोजना गर्दै आएको बताइन्।