धनगढी ।
कैलालीको चिसापानीमा निर्माण भईरहेको जाल्पादेवी केबुलकार निर्माणको अन्तिम चरणमा पुगेको छ । २०८२ जेठदेखि निर्माण कार्य शुभारम्भ भएको केबुलकारको हालसम्म ७५ प्रतिशत काम सम्पन्न भएको प्रोजेक्ट मेनेजर विजय पौडेलले जानकारी दिनुभयो । अहिलेसम्म चिसापानीमा रहेको बटम स्टेशनको ७५ प्रतिशत र टपस्टेशनको ७० प्रतिशत काम सम्पन्न भइसकेको पौडेलले बताउनुभयो ।
हाल केबुलकार निर्माणको कामकालागि करिब तीन सयको हाराहारीमा मज्दुरहरुले काम गरिरहेकाले प्रोजेक्टको काम निर्धारित समयमा सकिने विश्वास लिएको छ । काममा भएको तिब्रताले आगामी बैशाख सम्ममा केबुलकार सञ्चालनमा आउने भएकोे छ । करिब तीन किलो मिटरको दुरी रहेको केबुलकारको लागि १४ वटा टावरको निर्माण भइरहेको छ । ४० डिब्बा रहने उक्त केबुलकारमा एउटा डिब्बामा ८ जनाले यात्रा गर्न सक्नेछन्।
प्रतिघण्टा एक हजार मानिसले ओहोरदोहोर गर्न सक्ने क्षमताको केबुलकारमा बटम स्टेशनबाट टप स्टेशनमा पुग्न ८ मिनट समय लाग्ने छ ।एमआईडि काठमाण्डौ नामक निर्माण कम्पनीले काम गरेको केबुलकारकालागि लाईटनर इटाली कम्पनीबाट ए क्लासको युरोपियन स्टयाण्डरको सामनहरु ल्याईने भएको प्रोजेक्ट म्यानेजर पौडेलले जानकारी दिनुभयो । फागुनको पहिलो साता केबुलकारको पुरै टावर चिसापानीमा आइसक्ने र फागुनको अन्तिम साता टावर ठड्याउने काम सकिने र बैशामा केबुलकार सञ्चालनमा आउने जाल्पादेवी केवुलकारका सञ्चालक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । केबुलकार निर्माणकालागि करिब ६अर्व रुपैंया लाग्ने बताईको छ ।
चिसापानीमा केबुलकार निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढ्ने विश्वास गरिएको छ । हाल कर्णाली चिसापानीमा आन्तिरिक तथा बाह्य पर्यटकहरु घुम्न आउने गरेको चिसापानीका होटल सञ्चालक शसी श्रेष्ठले बताउनुभयो । केबुलकारको निर्माण पछि चिसापानीको आर्थिक गतिविधि बढ्ने स्थानीय ब्यापारीहरुले विश्वास लिएकाछन् ।
केबुलकारको तल र माथिको स्टेशनमा होटल,रेष्टुरेण्ट,चिल्डनपार्क,जिपलाईन,स्काई साइक्लिींगका साथै माथि राजकाँडामा करिब १ किलोमिटर लामो ग्रेटवाल निर्माण गरिने छ । पहिलो चरणमा राजकाँडामा १६ कोठाको सुविधासम्पन्न होटल निर्माण हुने छ भने जाल्पादेवीको मन्दिरको निर्माण कार्य भइरहेको छ ।











प्रतिक्रिया