माघ २३ गतेदेखि दोश्रो उदयपुर महोत्सव हुने

658
Shares

उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका ३ त्रियुगा बसपार्क गाईघाटमा यही माघ २३ गतेदेखि फागुन ८ गतेसम्म १५ दिने उदयपुर महोत्सव २०८२ हुने भएको छ ।


जिल्ला उद्योग बाणिज्य संघ उदयपुरको आयोजनामा हुन लागेको सो महोत्सवमा जिल्ला भित्र र बाहिरका गरी २ सय बढी व्यवसायिक स्टलहरु संचालन गरिने सोमबार दियसो आयोजित पत्रकार सम्मेलनमा जिल्ल उद्योग बाणिज्य संघ उदयपुरका महासचिव सुनिल कुमार साहले जानकारी दिएका छन ।

कृषि, वन, पर्यटन, शिक्षा, कला, संस्कृति, उद्योग र व्यापारः उदयपुरको पहिचान समृद्धिको आधार भन्ने मुल नाराका साथ आयोजना हुन लागेको दोश्रो उदयपुर महोत्सव २०८२ यही माघ २३ गतेदेखि २०८२ फागुन ८ गतेसम्म त्रियुगा नगरपालिका वडा नं ३ स्थित त्रियुगा बसपार्कमा संचालन गरिने र त्यसकालागि आवश्यक भौतिक पूर्वाधार तयारीको काम भैरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

उदयपुर जिल्लाका साथै कोशी प्रदेशभरिका कृषक, उद्योगी, व्यवसायि सहकारी तथा महिला उद्यमीहरुको एत्पादनको प्रवद्र्धन गर्न,उत्पादनलाई बजारसम्म लैजान, बिक्री वितरणमा सहजता ल्याउन । पर्यटकीय धार्मिक तथा सांस्कृतिक स्थलहरुको प्रचार प्रसार गर्न,रोजगारी सिर्जना तथा आर्थिक गतिविधि बढाउन, युवा पुस्तामा उद्यमशीलता ल्याएर व्यवहारिक ज्ञान शिप उपलब्ध गराउन । स्थानीय सरकार निजी क्षेत्र र समुदाय विचमा सहकायृको वातावरण तयार पार्ने उद्देश्यले महोत्व आयोजना गरिएको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

महोत्सव अवधिभर कृषि तथा घरेलु उद्योग प्रदर्शनी, महिला ेतथा युवा उद्यमी स्टल प्रदर्शनी, पर्यटन प्रवद्र्धन कक्ष, खाद्य परिकार क्षेत्र, शैक्षिक सामाग्री तथा शैक्षिक एवम् साहित्यिक पुस्तकहरुको प्रदर्शनी हुनेछ । यस्तै टिन डान्स ट्यालेन्ट प्रतियोगिता, सुपर ममी डान्स प्रतियोगिता, ताज महल एण्ड लण्डनब्रिज दृश्यको सेल्फि पार्क रहने छ । आइफिल टावर,जलपरी मनोरञ्जन तथा राष्ट्रिय र अन्तराष्ट्रिय कलाकारहरुको साँस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ ।

रमाइलो बाल उद्यान, सनामी भाइरल पिङ्ग, ड्रागन ट्रेन, स्कारपियो, चिल्ड्रेन फन पार्क,बलिउड मेगास्टार विनोद राठोड, रसिएन लेडी डान्स लगायतका मनोरञ्जनपूर्ण कार्याक्रमहरु मेलामा रहने जनाइएको छ ।

त्रियुगा नगरपालिका र अन्य पालिकाका विभिन्न ठाउँहरुमा गरी २४ वटा आकर्षक स्वागत गेट निर्माण गरिने छ भने गाईघाट बजार क्षेत्रलाई विशेष आकर्षक रुपले सजावट गरिने पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

दैनिक २० हजार दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको र यसले जिल्लाको स्थानखीय अर्थतन्त्रलाई चलायमान बनाउने, रोजगारी सिर्जनामा सहयोग गर्ने छ । कार्यक्रमलाई सुरक्षित, मर्यादित,व्यवस्थित बनाउन जिल्ला प्शासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,स्थानखीइ तह विद्यालय, स्वयम सेवक तथा सरोकारवाला निकायसँग घनिष्ठ सम्बन्ध बनाइएको जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

महोत्वि केवल कार्यत्रम मात्र नभएर उदयपुरको समृद्धिको साझा अभियान भएकोले सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै महोत्सवको मुख्य प्रायोजक अग्नि इनकर्पोरेट प्रालि, प्रायोजकमा डल्फिन पोलि प्लाष्टिक प्रा.लि। रहेको छ । सह प्रायोजकमा सौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेड,मिडभ्याली कलेज काठमाण्डौ, न्यूरो अस्पताल बिराटनगर,प्रभु इन्सुरेन्स, म्याक्स टाइगर इनर्जिड्रिङ्क,, ब्ल्याक वयक, ग्लोबल आइएमई बैंक,गोर्खा ब्रुअरी, बजाज कम्पनि, कालिका ग्रुप, भिभो मोवाइल, सामसुङ मोवाइल,र वल्र्डलिङ्क इन्टरनेट प्रालि रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

महोत्सवका सहयोगीहरुमा शिवशक्ति ब्लक उद्योग, स्टाण्डार्ड भिजन एकेडेमी, प्रवद्र्धकमा कोशी प्रदेश सरकार पर्यटन वन तथा बातावरण मन्त्रालय बिराटनगर, उद्योग कृषि तथा सहकारी मन्त्रालय बिराटनगर, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई खोटाङ रहेको बताइएको छ ।

महोत्सवको प्रमुख आकर्षणमा व्यापार तथा प्रदर्शन नै हुने छ भने यसमा कृषिमा आधारित सामाग्री, हस्तकला, घरेलु तथा साना उद्योगका उत्पादन,दैनिक उपभोग्य बस्तु, जडीबुटी तथा वन पैदावारका , तथा यान्त्रिकरण उपकरण अटोमोवाइल रहने छने । यस्तै गरी सूचनचा प्रविधि सम्बन्धी , इलेक्ट्रोनिक्स सामग्री,व्यवसायिक सेवा तथा बस्तुहरु , होटल तथा रेष्टुरेन्ट सेवा परम्परागत जातिय खानाका परिकारका साथै सरकारी सेवाका स्टलहरु, साहित्यिक , वित्रिय संस्थाका स्टलहरु, विभिन्न संघ संस्थाका सामाग्रीहरु रहनेछन् ।

प्रवेश शुल्क पत्रकारहरुकालागि परिचय पत्र देखाएर प्रवेश पाइनेछ भने सर्वसाधारणकालागि रुं १५०। विद्यार्थीहरुकालागि रुं १०० । तोकिएको छ भने जेष्ठ नागरिक तथा अपाङ्गता भएकालाई परिचय पत्र देखाएमा निशुल्क तोकिएको छ । कन्सर्ट तथा अन्तराष्ट्रिय कलाकारको प्रस्तुतीका दिन प्रवेश शुल्कमा परिवर्तन हुन सक्ने प्रेस विज्ञप्तीमा जनाइएको छ ।