काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवारको टिकटलाई लिएर विवाद देखिएको छ । सो क्षेत्रमा आशिष सुवेदीलाई पहिले नै टिकट दिइए पनि अबेर राति बालेन शाह पक्षका सुलभ खरेललाई पनि टिकट प्रदान गरिएको हो ।
एउटै निर्वाचन क्षेत्रमा दुई जनालाई टिकट दिइएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ । रुपन्देही क्षेत्र नम्बर १ र २ मा बालेन पक्षका उम्मेदवार बनेपछि कार्यकर्ता असन्तुष्ट बनेको बताइएको छ । उक्त क्षेत्रमा नेकपा एमालेबाट विष्णु पौडेल र नेकपाबाट सुवास पाण्डे (विश्वदीप) उम्मेदवार रहेका छन् ।











प्रतिक्रिया